Kathmandu Press

चरेस, गाँजा र कारसहित तीन भारतीय नागरिक पक्राउ

मकवानपुर, भदौ २९ : चरेस, गाँजा र कारसहित जिल्ला प्रहरी कार्यालय, मकवानपुरको टोलीले पाँच जना भारतीय नागरिकलाई पक्राउ गरेको छ।

हेटौँडाबाट वीरग....

चरेस, गाँजा र कारसहित तीन भारतीय नागरिक पक्राउ

मकवानपुर, भदौ २९ : चरेस, गाँजा र कारसहित जिल्ला प्रहरी कार्यालय, मकवानपुरको टोलीले पाँच जना भारतीय नागरिकलाई पक्राउ गरेको छ।

हेटौँडाबाट वीरगञ्ज जाँदै गरेको भारतीय सवारी बीआर पीएफ ७९९८ नं.को कार हेटौँडा उपमहानगरपालिका–१५ रातोमाटेमा रोकी जाँच गर्दा स्टेयरिङसँगैको डेसबोर्डभित्र लुकाइराखेको चार केजी नौ सय ग्राम चरेस फेला परेको प्रहरीले जनाएको छ। चरेससहित कारमा रहेका तीन जनालाई पक्राउ गरिएको हो।

पक्राउ पर्नेमा भारतको मजफ्फरपुर दादर बस्ने २८ वर्षीय शिवराज सिंंह, २४ वर्षीय ज्ञानीकुमार पासवान र बिहारको छपरा बस्ने २४ वर्षीय राजु महतो रहेको आज बिहान पत्रकार सम्मेलन गरी जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।

यसैगरी प्रहरीले मकवानपुरको राक्सिराङ गाउँपालिका–४ स्थित कालिका दोभानबाट गाँजा १२ केजी चार सय ग्राम लिएर हिँडेको अवस्थामा कैलाश गाउँपालिकाका २६ वर्षीय राजकुमार थिङ र २१ वर्षीय दिपेश थिङलाई पक्राउ गरेको छ।

उनीहरुलाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: ११:५० बजे, आइतबार, भदौ २९, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्