स्थानीय तहको निर्वाचन मिति यथाशिघ्र तोक्न अनेरास्ववियुद्वारा प्रधानमन्त्रीको ध्यानाकर्षण
काठमाडौं, माघ २० : नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले स्थानीय तहको निर्वाचन मिति यथाशीघ्र तोक्न प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण...
काठमाडौं, माघ २० : नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले स्थानीय तहको निर्वाचन मिति यथाशीघ्र तोक्न प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराएको छ ।
बिहीबार अनेरास्ववियुकी अध्यक्ष सुनीता बराल नेतृत्वको टोली प्रदर्शनसहित बालुवाटार पुगेर स्थानीय तहको निर्वाचनको मिति तोक्न सरकारको ध्यानाकर्षण गराएको हो ।
अनेरास्ववियुकी अध्यक्ष बरालले निर्वाचन आयोगले निर्वाचन गर्न गरेको आह्वान पत्रसमेत संलग्न गरेर स्थानीय तहको निर्वाचन गर्न ध्यानाकर्षण पत्र बुझाएको जानकारी दिइन्। आयोगले दिएको मितिमा नै निर्वाचन गरेर स्थानीय तहमा हुन सक्ने जटिलतालाई रोक्नुपर्ने उनको भनाई छ।
आयोगले जेठ चार गते स्थानीय तहको निर्वाचन गर्न सरकारलाई सुझाव दिएको छ । आयोगको मितिमा निर्वाचन गर्न सकारात्मक देखिएपनि सरकारले भने अझै मिति तोकेको छैन।











![बाढीपछिकाे त्रिशूली बजार [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1788005266.jpg)