Kathmandu Press

लोकसेवाकाे स्थगित परीक्षा फागुन ६ बाट सञ्चालन हुने

काठमाडाैं, माघ २० : कोरोना संक्रमणको तेस्रो लहरका कारण स्थगित लोकसेवा आयोगका परीक्षा आगामी फागुन ६ गतेबाट सञ्चालन हुने भएका छन्।आयोगले आज (बिहीबार) एक...
लोकसेवाकाे स्थगित परीक्षा फागुन ६ बाट सञ्चालन हुने

काठमाडाैं, माघ २० : कोरोना संक्रमणको तेस्रो लहरका कारण स्थगित लोकसेवा आयोगका परीक्षा आगामी फागुन ६ गतेबाट सञ्चालन हुने भएका छन्।

आयोगले आज (बिहीबार) एक सूचना प्रकाशन गरी स्थगित परीक्षा सञ्चालन गर्न लागिएको जानकारी दिएको छ। आयोगको बुधबार बसेको बैठकले परीक्षा सञ्चालन गर्ने निर्णय गरेको आयोगका उपसचिव एकनारायण शर्माले जानकारी दिए।

उपसचिव वा सो सरह (अप्राविधि र प्राविधिक), शाखा अधिकृत वा सोसरह (प्राविधिक) र स्वास्थ्य सेवा तर्फ नवौं, आठौं र सातौं तहका विभिन्न पदका परीक्षा हुने भएका हुन्।

आयोगले सूचनामा परीक्षा कार्यक्रम, समयतालिकालगायत पनि प्रकाशन गरेको छ। 

प्रकाशित मिति: १५:२७ बजे, बिहीबार, माघ २०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्