राष्ट्र बैंकले वाणिज्य बैंकसँग माग्यो ७ लाख रुपैयाँभन्दा माथिको नगद कारोबार विवरण

काठमाडौं, माघ २० : नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरूसँग ७ लाख रुपैयाँभन्दा माथिको नगद कारोबार विवरण माग गरेको छ।
राष्ट्र बैंकको बैंक सुपरीवेक्षण विभागका निर्देशक रोशनकुमार सिग्देलले वाणिज्य बैंकका प्रमुख कार्याकारी अधिकृतहरूले बुधबार पत्र पठाएर माघ २४ गतेभित्र प्रतिकारोबार ७ लाख र त्योभन्दा बढीको नगद कारोबारको विवरण बुझाउन आग्रह गरेका हुन्। राष्ट्र बैंकले गत साउन १ देखि पुस ३० गतेसम्मको विवरण माग गरेको हो।
नगदको कारोबार शंकास्पद रूपमा भइरहेको हुन सक्ने भन्दै अनुसन्धानका लागि राष्ट्र बैंकले विवरण माग गरेको हो।
बैंक तथा वित्तीय संस्थाबाट १० लाखदेखि माथि नगद निकाल्न नपाइने व्यवस्था छ। हुन्डी, क्रिप्टोको आन्तरिक भुक्तानीलगायतमा पनि नगद प्रयोग बढेको भन्ने विश्लेषण हुन थालृेकाले राष्ट्र बैंकले निगरानी बढाएको छ।

प्रकाशित मिति: १४:२८ बजे, बिहीबार, माघ २०, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











