विमानस्थलमा खटिने प्रहरीलाई ड्युटी समयमा मोबाइल बोक्न नपाउने
काठमाडौं, माघ २० : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खटिने प्रहरीलाई ड्यूटीको समयमा मोबाइल चलाउन रोक लगाएको छ। ड्यूटीको समयमा अफिसियल मोबाइल बाहेक निजी मोबाइल चलाउन...
काठमाडौं, माघ २० : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खटिने प्रहरीलाई ड्यूटीको समयमा मोबाइल चलाउन रोक लगाएको छ। ड्यूटीको समयमा अफिसियल मोबाइल बाहेक निजी मोबाइल चलाउन आजदेखि निषेध गरिएको विमानस्थल प्रहरी प्रमुख भीमप्रसाद ढकालले जानकारी दिएका छन्।
ड्यूटीको समयमा फोन बोक्दा विमानस्थलमा खटिएका प्रहरीहरु सामाजिक सञ्जाल चलाउन धेरै समय खर्चेको पाइएपछि काममा फोकस गराउन यस्तो नियम लगाइएको हो।
ड्यूटीको समयमा अरु काममा ध्यान नजाओस् भनेर मोबाइल बोक्न बन्देज लगाइएको हो। ड्यूटीको समयमा सबैको मोबाइल ड्यूटी प्रमुखको जिम्मामा हुने उनले जानकारी दिए।
प्रहरीलाई विभिन्न गतल काममा प्रभाव पार्ने व्यक्तिहरुको सम्पर्क पनि यस्तो नियमले टुटाउनेमा एसएसपी ढकालको दाबी छ।
प्रकाशित मिति: १४:२६ बजे, बिहीबार, माघ २०, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार










![बाढीपछिकाे त्रिशूली बजार [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1788005266.jpg)