कांग्रेसले सभामुखविरुद्ध महाअभियोग प्रस्ताव ल्याए एमाले सहयोग गर्न तयार छ : रायमाझी
काठमाडौं, माघ २० : नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीले नेपाली कांग्रेसले सभामुखविरुद्ध महाअभियोग प्रस्ताव ल्याए एमाले सहयोग गर्न तयार रहेको बताएका छन्। रिपोर्टस क्लब नेपालमा...
काठमाडौं, माघ २० : नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीले नेपाली कांग्रेसले सभामुखविरुद्ध महाअभियोग प्रस्ताव ल्याए एमाले सहयोग गर्न तयार रहेको बताएका छन्।
रिपोर्टस क्लब नेपालमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै सचिव रायमाझीले सभामुख विधिसम्मत नचलेको भन्दै यस बारेमा पार्टीमा थप छलफल गरेर अघि बढ्ने पनि बताए ।
उनले एमसीसीका बारेमा सरकारको धारणा सार्वजनिक नभएसम्म विपक्षी दलले आफ्नो धारणा राख्नुको औचित्य नभएको बताएका छन्। उनले एमसीसी पास नगराउनका लागि सभामुखले भूमिका खेलेको अवस्थामा कांग्रेसले महाअभियोग प्रस्ताव ल्याउन सक्ने बताए। यस्तो अवस्थामा एमालेले पूर्ण रुपमा समर्थन गर्ने उनको धारणा थियो।
‘अहिले हामी सरकारमा छैनौँ, प्रतिपक्षमा छौँ । सरकारमा रहेका पार्टीहरू, महागठबन्धनले के गर्छ रु त्यो कुरा टुङ्गो नलाग्दासम्म हामीले अहिले भनेर कुनै औचित्य छैन । सरकारले आफ्नो पोजिसन क्लियर गरोस् त्यतिबेला हाम्रो पार्टीले निर्णय गर्छ । एमसीसी पास नभए सभामुखमाथि महाअभियोग लाउनुपर्छ भन्ने कुरा काँग्रेसले राख्यो भने हामी साथ दिन्छौँ । सभामुखको काम छैन सभामुखबाट हटाउँदा राम्रो हुन्छ,’ सचिव रायमाझीले भने।
उनले स्थानीय तहको निर्वाचनमा सत्तारुरढ गठबन्धन दलले हार्ने निश्चित रहेको समेत बताएका छन् । चुनाव हार्ने डरले नै गठबन्धन दलले चुनावको मिति सार्न खोजिरहेको आरोप लगाए। स्थानीय तहको निर्वाचनमा एमालेलाई कुनैपनि पार्टीसँग गठबन्धन गर्नुपर्ने आवश्यकता नरहेको बताए।










![बाढीपछिकाे त्रिशूली बजार [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1788005266.jpg)