Kathmandu Press

मसानघाटबाट फर्काएको शिशुको अस्पतालमा मृत्यु

नेपालगञ्ज, भदौ २९ : गाड्न लागेको अवस्थामा मसानघाटकी कर्मचारीले जिउदै देखेपछि अस्पताल फर्काएको शिशुको उपचारका क्रममा भएको छ। अस्पतालको लापरवाहीले शिशुक....

मसानघाटबाट फर्काएको शिशुको अस्पतालमा मृत्यु
फाइल फोटो

नेपालगञ्ज, भदौ २९ : गाड्न लागेको अवस्थामा मसानघाटकी कर्मचारीले जिउदै देखेपछि अस्पताल फर्काएको शिशुको उपचारका क्रममा भएको छ। अस्पतालको लापरवाहीले शिशुको मृत्यु भएको भन्दै आफन्तले प्रदर्शन गरिरहेका छन्।

भेरी अस्पताल नेपालगञ्जले शुक्रबार ज्यूँदै बच्चालाई मृत घोषित गर्दै सदगत्का लागि आफन्तको जिम्मा लगाएको थियो। बाँकेको बुलबुलियास्थित मसानघाट लगिएको शिशु जिउदै भेटिएपछि पुनः अस्पताल ल्याइएको थियो। उनको उपचारका क्रममा मृत्यु भएको छ।

भेरी अस्पतालको प्रसूतिकक्षमा खटिएका कर्मचारीको लापरवाहीका कारण मृत्यु घोषणा गरिएको नवजात शिशुलाई मसानघाट पु¥याएपछि जीवित देखिँदा शुक्रबार पुनः अस्पतालमा ल्याएर भर्ना गरिएको थियो। समय नपुगी जन्मेको शिशुको अस्पतालको सघन उपचारकक्षमा उपचारका क्रममा शुक्रबार राति मृत्यु भएको हो।

Hardik ivf

शिशुको मृत्यु भएपछि परिवार र आफन्तले शनिबार बिहानैदेखि अस्पतालमा आन्दोलनसमेत गरेका छन्। अस्पतालको लापरवाहीका कारण उपचारार्थ शिशुको मृत्यु भएको उनीहरुको आरोप छ।

जाजरकोटको छेडागाड नगरपालिका–९ की २० वर्षीय कमला अधिकारीले शुक्रबार बिहान ५ः३० बजे शिशु जन्माएकी थिइन्। सामान्य अवस्थामा जन्मिएको शिशु केही घण्टापछि शिशुको मृत्यु भइसकेको भन्दै प्रसूतिकक्षमा कार्यरत कर्मचारीले अभिभावकलाई बुझ्न लगाएका थिए।

मृत घोषणाा गरेपछि अस्पताले कमलाका पति मिलन अधिकारीलाई कागजातमा हस्ताक्षर गराएर सदगत् गर्न बुझाएको थियो। मृत्यु भइसकेको भनिएको शिशुलाई गाड्न अस्पतालका कर्मचारीले दुई हजार मागेका थिए। त्यति रकम नदिने भन्दै नेपालगञ्ज बुलबुलियास्थित हिन्दू मसानघाट लगेका थिए।

मसानघाटमा शिशुलाई गाड्न भनी खाल्डो खनेर तयार पारियो। गाड्ने तयारी भइरहेका बेला मसानघाटकी कर्मचारी कलावती नेपालीले शिशुलाई देखाउन भनिन्। कालो प्लाष्टिकको झोलाबाट मिलनले शिशु निकालेर कलावतीलाई देखाए।

कलावतीले शिशु जिउँदै रहेको भनेपछि मिलन रुँदै शिशुलाई लिएर फेरि भेरी अस्पताल पुगेका थिए। शिशुलाई फेरि अस्पतालको सघन कक्षमा राखेर उपचार थालिएको थियो। तर, शुक्रबार राति उपचारका क्रममा मृत्यु भएको छ।

घटनाका बारेमा बताउँदै कमलाका श्रीमान् मिलनले भने, ‘घटनापछि अस्पताल प्रशासनले आफ्नो बचाऊ गरिरहेको छ, अस्पतालको लापरवाहीका कारण छोरीको मृत्यु भयो।’

प्रिम्याच्युयर (महिना नपुगी जन्मिएको) बच्चाहरुमा पूर्वानुमान गर्न गाह्रो हुने भन्दै भेरी अस्पतालले एक विज्ञप्ति जारी गरी आफ्नो गल्ती ढाकछोप गरेको हो। ‘समयावधि नपुगी जन्मिने र कम तौल भएका बच्चाको अवस्था चुनौतीपूर्ण हुन्छ। शारीरिक अवस्थाको कारणले गर्दा हुनपुगेको घटना हामी सबैका निम्ति पाठ हुन पुगेको छ,’ अस्पतालले भनेको छ’

अस्पताले यस्ता गल्ती हुन नदिने प्रतिबद्धता गरेको छ। ‘यस प्रकारका असावधानीहरु भविष्यमा हुन नदिन अस्पतालको प्रतिबद्धता जाहेर गर्दछु,’ भेरी अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.बद्री चापागाईँद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ।

प्रकाशित मिति: १०:४४ बजे, आइतबार, भदौ २९, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्