Kathmandu Press

सिरियामा दोहोरो गोली हानहान हुँदा १० जनाको मृत्यु

दमासकस, माघ २० : सिरियाको उत्तरी क्षेत्रमा भएको भिडन्तमा परेर १० जना सर्वसाधारणको ज्यान गएको छ। सो क्षेत्रमा सिरियाको टर्कीस् र कुर्दिस मिलिसियाका बीचका...
सिरियामा दोहोरो गोली हानहान हुँदा १० जनाको मृत्यु

दमासकस, माघ २० : सिरियाको उत्तरी क्षेत्रमा भएको भिडन्तमा परेर १० जना सर्वसाधारणको ज्यान गएको छ। सो क्षेत्रमा सिरियाको टर्कीस् र कुर्दिस मिलिसियाका बीचका भिडन्त भएको थियो।

त्यसमा परेर १० जना सर्वसाधारणको ज्यान गएको यहाँका सुरक्षा अधिकारीहरुले जनाएका छन्। सिरियाको उत्तरी सहर अलेपोमा कुर्दिस र टर्कीस मिलिसियाका बीचमा भिडन्त भएको सिरियाली सरकारी समाचार समिति, सानाले जनाएको छ।

Hardik ivf

सो सहरको बस्तीमा दुई पक्षका हतियारधारीका बीचमा दोहोरो गोली हानाहान भएको र त्यसमा सर्वसाधारण परेका सो समाचार समितिले जनाएको छ।

उक्त सहरमा केही समयतादेखि हिंसा भइरहेको छ। यसरी हुने विभिन्न सशस्त्र समूहहरुका भिडन्तमा सर्वसाधारणले ज्यान गुमाउने गरेका पनि समाचारमा जनाइएको छ।

यसरी सर्वसाधारणको ज्यान जाने कार्य यहँ चिन्ताजनक रहेको सिरियाका मानवअधिकारवादीहरुले बताउने गरेका छन्।

प्रकाशित मिति: १३:२६ बजे, बिहीबार, माघ २०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्