Kathmandu Press

युक्रेन आक्रमण ‘दुःखद  गणना’ हुनेछ : जोनसन

लन्डन, माघ २० : बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले बुधबार रूसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई युक्रेन आक्रमणविरुद्ध चेतावनी दिँदै यो ‘दुःखद गलत गणना’ हुने बताएका छन्।जोनसनले...
युक्रेन आक्रमण ‘दुःखद  गणना’ हुनेछ : जोनसन

लन्डन, माघ २० : बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले बुधबार रूसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई युक्रेन आक्रमणविरुद्ध चेतावनी दिँदै यो ‘दुःखद गलत गणना’ हुने बताएका छन्।

जोनसनले पुटिनसँगको फोनका क्रममा चेतावनी दिएका हुन्। उनले रुसी राष्ट्रपतिलाई युक्रेनको सिमानामा रहेका १ लाख सैनिकलाई लिएर गहिरो र चिन्तित भएको एनएचके वर्ल्डले रिपोर्ट गरेको छ। बेलायती अधिकारीहरूले एक विज्ञप्ति जारी गर्दै नेताहरू सहमति जनाएका थिए कि उत्तेजना कसैको हितमा छैन भन्ने उल्लेख गरिएको छ ।

Hardik ivf

जोनसनले युक्रेनले चाहेको खण्डमा नाटोको रक्षात्मक गठबन्धनू मा सामेल हुन आवेदन दिने पूर्ण अधिकार रहेको र रुससँगको गतिरोधमा भएको कुनै पनि वार्तामा कीभलाई समावेश गर्नुपर्नेमा जोड दिए।

उनले युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीसँगको वार्तापछि चेतावनी दिँदै किभको भ्रमण सीमामा रुसी सेनाले युक्रेनका लागि ‘स्पष्ट र वर्तमान खतरा’को प्रतिनिधित्व गरेको अल जजीराले जनाएको छ।

यसैबीच रूसी अधिकारीहरूले उनीहरूको चिन्ताको लागि नाटोको प्रतिक्रिया अपर्याप्त भएको भन्दै टिप्पणी गरेका छन्। युक्रेनलाई लिएर रुस र पश्चिम बीचको तनाव  निर्माण भइरहेको छ, पश्चिमले मस्कोलाई आफ्नो पश्चिमी समर्थक छिमेकीमाथि आसन्न आक्रमणको तयारी गरेको आरोप लगाएको छ।

रुसले युक्रेन आक्रमण गर्ने कुनै योजना नभएको बताएको छ। रूसले भने युक्रेनलाई ल्ब्त्इ मा सामेल हुन नदिने र पूर्वसोभियत ब्लकमा अमेरिकी नेतृत्वको सैन्य गठबन्धनको विस्तारको बिरूद्ध अन्य सुरक्षा ग्यारेन्टीहरूको शृंखलाको माग गरिरहेको छ।

प्रकाशित मिति: १३:०७ बजे, बिहीबार, माघ २०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्