Kathmandu Press

गृहमन्त्री खाणद्वारा सात विषयमा १४ प्रजिअसँग कुराकानी 

काठमाडौं, माघ २० : गृहमन्त्री बालकृष्ण खाणले ७ विषयबस्तुमा १४ प्रमुख जिल्ला अधिकारीसँग अधिकारीसँग जानकारी लिएका छन् । गृहमन्त्री खाणले १३ प्रमुख जिल्ला अधिकारी...
गृहमन्त्री खाणद्वारा सात विषयमा १४ प्रजिअसँग कुराकानी 

काठमाडौं, माघ २० : गृहमन्त्री बालकृष्ण खाणले ७ विषयबस्तुमा १४ प्रमुख जिल्ला अधिकारीसँग अधिकारीसँग जानकारी लिएका छन् । गृहमन्त्री खाणले १३ प्रमुख जिल्ला अधिकारी र एक सहायक प्रमुख जिल्ला अधिकारीसँग टेलिफोन वार्ता गरी जानकारी लिएका हुन्। 

गृहमन्त्री खाणले प्रमुख जिल्ला अधिकारीहरू इन्द्रदेव यादव (सुनसरी), काशीराज दाहाल (मोरङ), छविलाल रिजाल (झापा), कृष्णबहादुर कट्वाल (बारा), ध्रमेन्द्र मिश्र (नवलपरासी पश्चिम), ऋषिराम तिवारी (रुपन्देही) सँग टेलिफोन वार्ता गरे। 

त्यसैगरी चक्रपाणी पाण्डे (कपिलवस्तु), किरण थापा (कैलाली), सूर्यबहादुर खत्री (बाँके), सन्तबहादुर सुनार (बर्दिया), हिरालाल रेग्मी (दाङ), उमेशकुमार ढकाल (पर्सा) र रामप्रसाद पाण्डे (कञ्चनपुर)सँग टेलिफोन वार्ता गरे। त्यसैगरी नवलपरासी पूर्वका सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बरालसँग पनि कुराकानी गरे।

बिहानको चिया समयमा गृहमन्त्री खाणले प्रजिअहरूसँग जिल्लामा कोभिड–१९ संक्रमण, जिल्लाको शान्ति सुरक्षा, जिल्ला प्रशासन कार्यालयमा कोभिड–१९ संक्रमण, जिल्लाबाट जनताले पाएका सेवा सुविधा, कर्मचारीको संख्या पुग अपुग के छ ? पठाउनु पर्छ कि पर्दैन ? जिल्ला सुरक्षा समितिको बैठक नियमित बसेको छ कि छैन भनेर जानकारी लिएका हुन्। 

नवलपरासी पूर्वका सहायक प्रजिअ बरालले गृहमन्त्रीले टेलिफोन गर्दा काम गर्दा सतर्कता अपनाउन र राम्रो काम गर्न ‘मोटिभेसन’ हुने बताए । ‘गृहमन्त्रीज्यूले जिल्लाको बस्तुस्थितिबारे जानकारी लिए,’ सहायक प्रजिअ बरालले भने, ‘मन्त्रीज्यूले टेलिफोन गरेर यसरी जानकारी लिँदा काम गर्दा सर्तकता अपनाउन र राम्रो काम गर्न मोटिभेसन हुन्छ।’ 

कञ्चनपुरका प्रजिअ पाण्डेले गहृमन्त्रीको टेलिफोनले आफूलाई मातहतका निकायसँगको सम्बन्ध र तथ्यांकबारे जतिबेला पनि जानकारी राख्न सर्तक रहन सिकाएको बताए। ‘सामान्यतया आन्तरिक विषयबस्तुमा महत्वपूण घटना नभई अन्य गहृमन्त्रीज्यूहरूले टेलिफोन गरेको जानकारी थिएन । अहिले मन्त्रीज्यूले टेलिफोन गर्दा काम गर्न जोस, जागर र सर्तक रहन सिकाएको छ ।’ 

पर्साका प्रजिअ ढकालले गृहमन्त्री आफैले टेलिफोन गर्दा काम गर्ने हौसला प्रदान गर्ने बताउनु भयो ।

प्रकाशित मिति: १२:०३ बजे, बिहीबार, माघ २०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्