भेरी अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु
नेपालगञ्ज, माघ २० : बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा एक कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ।दाङको शान्तिनगर गाउँपालिका–२ का ८० वर्षीय पुरुषको गएराति मृत्यु...
नेपालगञ्ज, माघ २० : बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा एक कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ।
दाङको शान्तिनगर गाउँपालिका–२ का ८० वर्षीय पुरुषको गएराति मृत्यु भएको अस्पतालका फोकल पर्सन तेज वलीले जानकारी दिए। उनलाई उपचारका क्रममै कोरोना संक्रमण भएको हो।
उनी बिरामी भएपछि पुस १६ गते अस्पताल भर्ना भएका थिए। उपचारका क्रममा कोरोना संक्रमण देखिएको हो।
प्रकाशित मिति: ०८:२७ बजे, बिहीबार, माघ २०, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











