पश्चिम वायुको प्रभावले तीन दिन वर्षाको सम्भावना
काठमाडौं, माघ २० : पश्चिमी वायुको प्रभावले आगामी तीन दिन देशभर वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।विभागका अनुसार गएराति...
काठमाडौं, माघ २० : पश्चिमी वायुको प्रभावले आगामी तीन दिन देशभर वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
विभागका अनुसार गएराति पश्चिम नेपालबाट प्रवेश गरेको पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले आज सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा पूर्ण बदली हुने भएको छ। त्यस्तै, बागमती, मधेस र प्रदेश १ मा आंशिकदेखि सामान्य बदली रहने भएको छ।
शुक्रबार देशैभरी सामान्यदेखि पूर्ण बदली रहने विभागले जनाएको छ। त्यस्तै, शनिबार देशभरी आंशिकदेखि सामान्य बदली रहने विभागको आकलन छ।
पश्चिम वायुको प्रभावले आज सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका धेरै स्थान तथा गण्डकी र बागमती प्रदेशका केही स्थानमा मेघ गर्जन र चटयाङसहित वर्षाको सम्भावना रहेको छ। त्यस्तै, उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ।
प्रकाशित मिति: ०७:५२ बजे, बिहीबार, माघ २०, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











