एमसीसीका बिषयमा छलफल गरेर टुंगोमा पुग्ने समझदारी
काठमाडौं, माघ १९ : सत्तारुढ गठबन्धनका तीन शीर्ष नेताहरुले अमेरिकी अनुदान सम्झौता (एमसीसी) का विषयमा अझै छलफल गरेर टुंगोमा पुग्ने समझदारी गरेका छन्। बुधबार...
काठमाडौं, माघ १९ : सत्तारुढ गठबन्धनका तीन शीर्ष नेताहरुले अमेरिकी अनुदान सम्झौता (एमसीसी) का विषयमा अझै छलफल गरेर टुंगोमा पुग्ने समझदारी गरेका छन्।
बुधबार बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री देउवाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग एमसीसी सम्झौतामा संशोधन गर्नुपर्ने विषय उपलब्ध गराउन आग्रह पनि गरेका छन् ।
छलफलका क्रममा नेताहरुबीच एमसीसीका विषयमा देखिएको विवादबारे छलफल गर्दै जाने र टुंगोमा पुग्ने समझदारी बनेको बताईएको छ ।
प्रकाशित मिति: २०:५० बजे, बुधबार, माघ १९, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











