Kathmandu Press

एमसीसीका बिषयमा अन्यौलता सिर्जना गर्न खोजेको ओलीको आरोप 

काठमाडौं, माघ १९ : नेकपा एमालेका अध्यक्ष केपी ओलीले एमसीसीका बिषयमा अनावश्यक हल्ला चलाएर गठबन्धन दलले अन्यौलको अवस्था सिर्जना गर्न खोजेको आरोप लगाएका...
एमसीसीका बिषयमा अन्यौलता सिर्जना गर्न खोजेको ओलीको आरोप 

काठमाडौं, माघ १९ : नेकपा एमालेका अध्यक्ष केपी ओलीले एमसीसीका बिषयमा अनावश्यक हल्ला चलाएर गठबन्धन दलले अन्यौलको अवस्था सिर्जना गर्न खोजेको आरोप लगाएका छन् ।

बुधबार भक्तपुरमा बसेको एमाले सचिवालय बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सरकारको साझा न्युनतम कार्यक्रममा नै नरहेको एमसीसीका बिषयमा अनावश्यक हल्ला चलाएर गठबन्धन दलले अन्यौलको अवस्था सिर्जना गर्न खोजेको आरोप लगाएका हुन् । एमसीसी कसले पास गर्न मान्यो वा मानेन भनेर नक्कली हल्ला चलाएको उनको भनाई छ । 

त्यस्तै अध्यक्ष ओलीले एमसीसीको सरकारले लगेको प्रस्ताव रोकेर सभामुखले बुलिङ गर्न खोजेको तर्क गरे  । उनले सरकारले लागेको प्रस्ताव सभामुखले रोक्न नमिल्ने भन्दै सभामुखले अनाधिकृत ढंगले हैसियत भन्दा परको काम गर्न खोजेको धारणा पनि राखे ।

प्रस्ताव लगेपछि निर्णय गर्ने अधिकार संसदको भएको भन्दै सरकारले गरेको सम्झौतालाई सभामुखले रोक्न नमिल्ने बताए । त्यस्तै सम्बोधनका क्रममा अध्यक्ष ओलीले संविधान कानून र आवश्यकता अनुसार निर्वाचन गर्न ध्यानकर्षण गराएपनि सरकारले नसुनेको जिकिर गरे ।

उनले संविधानको कार्यान्वयका लागि निर्वाचन आयोगले सिफारिस गरेको मितिमा स्थानीय निर्वाचन गर्नैपर्ने धारणा राखे । 

ओलीले सरकार संविधान कार्यन्वयन र लोकतान्त्रिक अभ्यास, संघीयताको कार्यन्वयन गर्नुभन्दा पनि सत्ता स्वार्थमा केन्द्रित भएको आरोप पनि लगाए ।

उहाले २४ लाख खोप हराउनु सानो कुरा नभएको भन्दै सरकार जनताको स्वास्थ्यसंग गैरजिम्मेवार ढंगले प्रस्तुत भएको बताए । 


 

प्रकाशित मिति: २०:२२ बजे, बुधबार, माघ १९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्