Kathmandu Press

बुद्ध एयरले थप्यो नयाँ एटिआर जहाज

काठमाडौं, भदौ २८ : बुद्ध एयरले थप एउटा एटिआर जहाज भित्र्याएको छ। बुद्ध एयरले एटिआर ७२ जहाज भित्र्याएको हो।  

चेन्नाईबाट उडेको सो जहाज त....

बुद्ध एयरले थप्यो नयाँ एटिआर जहाज
फाइल

काठमाडौं, भदौ २८ : बुद्ध एयरले थप एउटा एटिआर जहाज भित्र्याएको छ। बुद्ध एयरले एटिआर ७२ जहाज भित्र्याएको हो।  

चेन्नाईबाट उडेको सो जहाज त्रिभुवन विमानस्थलमा शनिबार दिउँसो २ बजेर ४० मिनेटमा अवतरण गरेको गरेको थियो।

 नयाँ जहाजसँगै बुद्ध एयरसँग जहाजको संख्या १३ पुगेको छ भने एटिआर जहाजको संख्या ८ पुगेको जनाएको छ। बुद्धसँग  तीन वटा एटिआर  र दुई वटा  बीच १९०० ‘डी’ जहाज रहेका  छन्। 

बुद्धले थप अर्को जहाज अक्टोबर महिनामा ल्याउन लागेको समेत जनाएको छ। बुद्ध एयरले ल्याएको नयाँ जहाजले दशैंअघि नै उडान थाल्ने जनाएको छ। 

प्रकाशित मिति: १८:०२ बजे, शनिबार, भदौ २८, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्