प्रदेश नं १ मा ४०१ जनामा कोरोना सङ्क्रमण
विराटनगर, माघ १९ : पछिल्लो २४ घण्टाको अवधिमा प्रदेश नं १ मा ४०१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। छ सय २० जनाको...
विराटनगर, माघ १९ : पछिल्लो २४ घण्टाको अवधिमा प्रदेश नं १ मा ४०१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। छ सय २० जनाको पीसीआर परीक्षण गर्दा २१६ र ६४२ जनाको एन्टिजेन परीक्षण गर्दा १८५ जनामा कोरोना सङ्क्रमण भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ८२ मध्ये विराटनगरमा ४८, सुनसरीमा ६०, झापामा ४०, उदयपुरमा आठ, धनकुटामा तीन, इलाम र पाँचथरमा दुई/दुई, सङ्खुवासभामा एक र प्रदेश १ बाहिरका १८ जनामा सङ्क्रमण देखिएको हो। प्रदेशमा आजै २१३ महिलासहित ४५५ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् भने दुई पुरुषको मृत्यु भएको छ। सक्रिय सङ्क्रमित पाँच हजार दुई रहेको मन्त्रालयले जनाएको छ।
प्रकाशित मिति: १९:२७ बजे, बुधबार, माघ १९, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












