Kathmandu Press

नवनियुक्त बेलायती राजदुतसँग चेम्बर अध्यक्षको भेटवार्ता, ब्यापार सहजीकरण गरीदिन आग्रह

काठमाडौं, माघ १९ : नेपाल चेम्बर अफ कमर्सले बेलायतसंग व्यापार सहजीकरण तथा निर्यात प्रर्वद्धनका लागि भूमिका निभाउन नवनियुक्त राजदुत ज्ञानचन्द्र आचार्यलाई आग्रह गरेको...
नवनियुक्त बेलायती राजदुतसँग चेम्बर अध्यक्षको भेटवार्ता, ब्यापार सहजीकरण गरीदिन आग्रह

काठमाडौं, माघ १९ : नेपाल चेम्बर अफ कमर्सले बेलायतसंग व्यापार सहजीकरण तथा निर्यात प्रर्वद्धनका लागि भूमिका निभाउन नवनियुक्त राजदुत ज्ञानचन्द्र आचार्यलाई आग्रह गरेको छ ।

बेलायतसंग नेपालको कुटनीतिक सम्वन्ध दुई सय वर्षभन्दा वढी भएपनि आर्थिक र व्यवसायिक सम्वन्ध फस्टाउन नसकेको भन्दैसहजीकरणका लागि कुटनीतिक पहल गरीदिन चेम्बरले आग्रह गरेको हो । काठमाडौंको जमलस्थित चेम्बर भवनमा बेलायतका लागि नवनियुक्त राजदुत आचार्यलाई स्वागत गर्दै अध्यक्ष राजेन्द्र मल्लले हालको व्यापार हिस्सा निकै सानो भएकाले निर्यात योग्य थप वस्तुहरुको पहिचान गर्नुपर्नेमा जोड दिए ।

बेलायतसंग वार्षिक २ अर्व हाराहारीमा मात्रै व्यापार भईरहेको सन्र्दभमा अध्यक्ष मल्लले जडीवुटी, खानिजन्य वस्तुहरु, चियाको ब्रान्डिङ गरेर निर्यात बढाउन बेलायती उद्योगी व्यवसायीसंग सहकार्य गर्न सकिने उल्लेख गरे । यसका लागि दुईपक्षीय उच्चस्तरीय व्यापारिक भेटवार्ताको पहल हुनुपर्नेमा अध्यक्ष मल्लले बताए ।

नेपाल र बेलायतका उद्योगी व्यवसायीबीच पछिल्ले १० वर्षदेखि व्यवसायिक उच्चस्तरीय भेटवार्ता हुन नसकेको प्रति अध्यक्ष मल्लले राजदुत आचार्यको ध्यानाकर्षण गराएका थिए । नवनियुक्त राजदुत आचार्यसंग चेम्बर पदाधिकारीले बे्रक्जिटबाट अलग भएपछि बेलायतसंग छुट्टै व्यापारिक सम्झौता आवश्यक रहेकोमा जोड दिएका थिए ।

बेलायतस्थित नेपाली राजदुतावासमा वर्षमा कम्तिमा एक पटक व्यापारिक मेला गर्न पनि चेम्बरका पदाधिकारीले राजदुत आचार्यसंग आग्रह गरे । जवाफमा राजदुत आचार्यले ब्रेक्जिटपछि बेलायतसंग छुट्टै व्यापारिक सम्वन्ध कायम गराउने आफ्नो पहिलो कदम हुने बताए ।

बेलायतसंगको सवैभन्दा पुरानो कुटनीतिक सम्वन्धलाई उच्चस्तरीय आर्थिक सम्वन्धमा परिणात गर्नका लागि आफुले सक्दो पहल गर्ने आचार्यको भनाई छ । उनले आफ्नो कार्यकालको शुरुमै दुई देशका व्यापारी बीचको मिलन गराउने तथा व्यवसायिक भेटवार्ताका लागि पहल गर्ने आश्वासन समेत दिए । 

प्रकाशित मिति: १८:५८ बजे, बुधबार, माघ १९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्