Kathmandu Press

देशका विभिन्न ठाउँमा ६ जना मृत फेला 

काठमाडौं, माघ १९ : देशका विभिन्न स्थानमा गरी बुधबार ६ जना मृत अवस्थामा फेला परेका छन् । नेपाल प्रहरीका अनुसार ललितपुर, नुवाकोट, ईलाम,...
देशका विभिन्न ठाउँमा ६ जना मृत फेला 

काठमाडौं, माघ १९ : देशका विभिन्न स्थानमा गरी बुधबार ६ जना मृत अवस्थामा फेला परेका छन् । नेपाल प्रहरीका अनुसार ललितपुर, नुवाकोट, ईलाम, सर्लाही, कैलाली र सिन्धुलीमा गरी ६ जना मृत अवस्थामा फेला परेका हुन् ।

ललितपुरको ललितपुर महानगरपालिका ३ धोबिघाट डेरा गरी बस्ने सुरज दाहालको कोठामा पाहुना आएका ताप्लेजुङ थेवाङ घर भएका ३५ बर्षीय देवेन्द्र दाहाल उक्त कोठामा मंगलबार मृत अवस्थामा फेला परेका हुन् ।

नुवाकोट, किस्पाङ गाउँपालिका ५ जिरो प्वाईटस्थित त्रिशुली खोलाको किनारामा हाल नाम, थर, नखुलेका अन्दाजी ५५ वर्षीय पुरुषको शव मंगलबार फेला परेका हुन् ।

यस्तै ईलामको सूर्योदय नगरपालिका ३ बस्ने ५५ वर्षीया कुमारी तामाङ आफ्नै घर नजिक बाटोमा बुधबार मृत अवस्थामा फेला परेकी छिन् ।

यता, सर्लाही, लालबन्दी नगरपालिका १३ पत्थरकोट बस्ने ३५ वर्षीय कालु भन्ने बिराज लामा आफ्नो घर नजिक तोरी बारीमा बुधबार मृत अवस्थामा फेला परेका छन् ।

यस्तै कैलालीको भजनी नगरपालिका ९ पहलवान बस्ने ४७ वर्षीय शंकर चौधरी सोही ठाउँस्थित खेतमा बुधबार मृत अवस्थामा फेला परेका छ्न् ।

सिन्धुलीको गोलन्जोर गाउँपालिका ३ बसेरीस्थित सुनकोशी नदीमा हाल नाम, थर, नखुलेका अन्दाजी ४५ वर्षीय पुरुष बुधबार मृत अवस्थामा फेला परेका हुन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: १८:४३ बजे, बुधबार, माघ १९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्