Kathmandu Press

काबुलमा नियमित विद्यूत आपुर्तिमा समस्या, ५८० भन्दा कम्पनी बन्द हुने अवस्थामा

काबुल, माघ १९ : नियमित विद्यूत आपूर्तिको कमीका कारण अफगानिस्तानको राजधानी शहर काबुलमा कम्तीमा ५८० उद्योगहरूको नियमित उत्पादन बन्द हुने अवस्थामा पुगेको बताइएको...
काबुलमा नियमित विद्यूत आपुर्तिमा समस्या, ५८० भन्दा कम्पनी बन्द हुने अवस्थामा

काबुल, माघ १९ : नियमित विद्यूत आपूर्तिको कमीका कारण अफगानिस्तानको राजधानी शहर काबुलमा कम्तीमा ५८० उद्योगहरूको नियमित उत्पादन बन्द हुने अवस्थामा पुगेको बताइएको छ।

अफगानिस्तानी उद्योग तथा खानी कक्ष (एआईएमसी) शेरबाज कामिन्जाडाले बुधबार स्पुत्निकसँग भने, 'उद्यमहरू नियमित हुन नसक्दा करिब चार हजार ५०० कामदारहरूले आफ्नो रोजगारी गुमाउने अवस्था आएको छ।'

Hardik ivf

राजधानी शहर काबुलमा विद्यूतको अभाव भएको गुनासोबीच मध्य एशियाली राज्यहरू उज्वेकिस्तान, कजाकिस्तान र किर्गिस्तान समावेश भएको विद्युत प्रणालीमा पाइने प्राविधिक समस्याका कारण उज्बेकिस्तानबाट विद्युत प्रसारण रोकिएको टोलो न्यूजले बतायो।

सन् २०२१ को नोभेम्बरमा अफगान राष्ट्रिय ऊर्जा कम्पनीले अफगानिस्तानलाई आवश्यक पर्ने ऊर्जाको मात्रा ८५० मेगावाट रहेको उल्लेख गरेको थियो। छिमेकी मुलुकहरूबाट ६२० वाट ऊर्जा उपलब्ध गराइएको स्पुतनिकले जानकारी दिए।

यसअघि जनवरीमा उज्बेकिस्तानले अफगानिस्तानमा विद्युत् आयात घटाएको थियो। जसका कारण अफगानिस्तानका विभिन्न प्रान्तमा विद्युत् आपूर्तिमा अवरोध उत्पन्न भएको हो। जनवरी २५ मा यस क्षेत्रमा ठूलो विद्युत अवरोध हुँदा उज्बेकिस्तानले अफगानिस्तानमा  निर्यात विद्यूतलाई काटेको थियो भने यसलाई मंगलबारदेखि पुनः स्थापित गरिएको छ।

प्रकाशित मिति: १८:४० बजे, बुधबार, माघ १९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्