Kathmandu Press

निर्दयी छोरा : जसले गरे आफ्नै ९० बर्षीय आमाको हत्या 

काठमाडौं, माघ १९ : आफ्नै ९० वर्षीया आमा जगमाया श्रेष्ठको हत्या गरेको अभियोगमा पथरी शनिश्चरे नगरपालिका २ बस्ने ४८ वर्षीय कमल श्रेष्ठलाई सोमबार...
निर्दयी छोरा : जसले गरे आफ्नै ९० बर्षीय आमाको हत्या 

काठमाडौं, माघ १९ : आफ्नै ९० वर्षीया आमा जगमाया श्रेष्ठको हत्या गरेको अभियोगमा पथरी शनिश्चरे नगरपालिका २ बस्ने ४८ वर्षीय कमल श्रेष्ठलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

माघ १२ गतेदेखि घरैबाट एक्कासि हराएको भनिएकी बृद्धाको हत्यापछि शव जलाएको भन्ने सूचना प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरीले श्रेष्ठलाई पक्राउ गरेको हो ।

श्रेष्ठले बुबाको नाममा रहेको १५ कट्ठा ९ धुर जग्गा आमा तथा अन्य भाइहरूलाईथाहा नै नदिई आफ्नी श्रीमतीको नाममा बनाएको जानकारी भए पश्चात अदालतमा मुद्दा परेको तथा अदालतले उक्त जग्गामध्ये  ५ कठ्ठा जग्गा आमाको नाममा रहने गरी फैसला गरेको हुँदा रिसको आवेगमा उनले आमाको हत्या गरेको अनुसन्धानको क्रममा खुल्न आएको र घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ ।

प्रकाशित मिति: १८:३० बजे, बुधबार, माघ १९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्