काठमाडौं उपत्यकामा थपिए १,०७० कोरोना संक्रमित
काठमाडौं, माघ १९ : पछिल्लो एक साताको तुलनामा उपत्यकामा कोरोना संक्रमणदर घटेको देखिएको छ। गत चौबिस घन्टामा काठमाडौं उपत्यकामा थप १ हजार ७०...
काठमाडौं, माघ १९ : पछिल्लो एक साताको तुलनामा उपत्यकामा कोरोना संक्रमणदर घटेको देखिएको छ। गत चौबिस घन्टामा काठमाडौं उपत्यकामा थप १ हजार ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
तीमध्य सबैभन्दा धेरै संक्रमित काठमाडौं जिल्लामा रहेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा बुधबार ८६८ जना संक्रमित थपिएका छन्। त्यस्तै भक्तपुर र ललितपुरमा क्रमशः ११७ र ८५ जनामा कोरोना पुष्टि भएको छ।
मंगलबार उपत्यकामा १ हजार ९०७ संक्रमित थपिएका थिए। त्यसअघि सोमबार १ हजार ७२२ जनामा संक्रमण देखिएको थियो।
आइतबार, शनिबार, शुक्रबार र बिहीबार क्रमशः १ हजार ७७८ जना, १ हजार ८२० जना, २ हजार ९३९ जना र ३ हजार १४३ जनामा संक्रमण पुष्टि भएको थियो।
बुधबार देशभरि ३ हजार ६३७ संक्रमित थपिएका छन्।
उपत्यकामा नयाँ संक्रमितको संख्या घटेसँगै सक्रिय संक्रमितको संख्या पनि घटिरहेको छ।
पछिल्लो २४ घन्टामा थपिएकासहित उपत्यकामा सक्रिय संक्रमितको संख्या ४० हजार ९२१ पुगेको छ। तीमध्ये काठमाडौंमा २६ हजार ५३५, ललितपुरमा ९ हजार ४०१ र भक्तपुरमा ४ हजार ९८५ जना छन्।
मंगलबारसम्म काठमाडौंमा ४४ हजार ६३१ सक्रिय संक्रमित रहेका थिए। सोमबार, आइतबार, शनिबार, शुक्रबार र बिहीबार त्रफमशः ४७ हजार ४०६ जना, ५० हजार ८११ जना, ५२ हजार ७६४ जना, ५४ हजार ३५ जना र बिहीबार ५४ हजार ८६३ जना सक्रिय संक्रमित उपत्यकामा थिए।
बुधबार देशभर सक्रिय संक्रमितको संख्या ६९ हजार २८७ पुगेको छ।











