११५८२ नमूनाको परीक्षण गर्दा ३६३७ जनामा संक्रमण पुष्टि
पछिल्लो चौबिस घण्टामा ६ हजार ४९९ जनाको पीसीआर परीक्षण गर्दा २ हजार २०५ जना र ५ हजार ८३ जनाको एन्टीजेन परीक्षण गर्दा १ हजार ४३२ जना गरी कुल ३ हजार ६३७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
काठमाडौं, माघ १९ : पछिल्लो चौबिस घण्टाको अवधिमा देशभर ३ हजार ६३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ५८२ नमूनाको परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।
पछिल्लो चौबिस घण्टामा ६ हजार ४९९ जनाको पीसीआर परीक्षण गर्दा २ हजार २०५ जना र ५ हजार ८३ जनाको एन्टीजेन परीक्षण गर्दा १ हजार ४३२ जना गरी कुल ३ हजार ६३७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
आज एकैदिन १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ। त्यस्तै ७ हजार ५५५ जना संक्रमणमुक्त भएका छन् ।
हाल देशभर सक्रिय संक्रमितको संख्या ६९ हजार २९१ पुगेको छ।
प्रकाशित मिति: १६:४६ बजे, बुधबार, माघ १९, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार