Kathmandu Press

चारवटै सुरक्षा निकायलाई स्थानीय तहको निर्वाचनसम्बन्धी कार्ययोजना पेस गर्न निर्देशन   

काठमाडौं, माघ १९ : केन्द्रीय सुरक्षा समितिको बैठकले चारवटै सुरक्षा निकायलाई आसन्न स्थानीय तहको निर्वाचनसम्बन्धी कार्ययोजना पेस गर्न निर्देशन दिएको छ। गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा...
चारवटै सुरक्षा निकायलाई स्थानीय तहको निर्वाचनसम्बन्धी कार्ययोजना पेस गर्न निर्देशन   

काठमाडौं, माघ १९ : केन्द्रीय सुरक्षा समितिको बैठकले चारवटै सुरक्षा निकायलाई आसन्न स्थानीय तहको निर्वाचनसम्बन्धी कार्ययोजना पेस गर्न निर्देशन दिएको छ। 

गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा बुधबार दिउँसो मन्त्रालयमा बसेको बैठकले नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागलाई निर्वाचनसम्बन्धी कार्ययोजना पेस गर्न निर्देशन दिएको हो। 

निर्वाचन आयोगले सरकारसमक्ष आगामी जेठ ४ गते स्थानीय तहको निर्वाचन गर्न प्रस्ताव गरेको छ। सरकारले जेठ ४ गते निर्वाचन गर्नेगरी मिति घोषणा गरिनसकेको भएपनि सुरक्षा निकायलाई तयारी अवस्थामा रहन निर्देशन दिएको हो।                                      

बैठकमा गृहसचिव टेकनारायण पाण्डे, नेपाली सेनाका रथी बालकृष्ण कार्की, प्रहरी महानिरीक्षक शैलेश थापा क्षत्री, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख यदुलाल खरेलको उपस्थिति थियो । सुरक्षा निकाय प्रमुखले निर्वाचन सुरक्षासम्बन्धी आ-आफ्नो धारणा राखेका थिए ।

प्रकाशित मिति: १६:२५ बजे, बुधबार, माघ १९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्