Kathmandu Press

एमाले नेता कर्माचार्य एकीकृत समाजवादीमा प्रवेश

काठमाडौं, माघ १९ : सिन्धुपाल्चोकका एमाले नेता सुवास कर्माचार्य नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन्।पूर्वसांसदसमेत रहेका उनी आज (बुधबार) काठमाडौंमा आयोजित एक कार्यक्रममा एकीकृत...
एमाले नेता कर्माचार्य एकीकृत समाजवादीमा प्रवेश

काठमाडौं, माघ १९ : सिन्धुपाल्चोकका एमाले नेता सुवास कर्माचार्य नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन्।

पूर्वसांसदसमेत रहेका उनी आज (बुधबार) काठमाडौंमा आयोजित एक कार्यक्रममा एकीकृत समाजवादीमा प्रवेश गरेका छन्। उनीसहितका नेताकार्यकर्तालाई एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टी प्रवेश गराएका हुन्।

एमाले विभाजन हुनुअघिका गुटमा पनि उनी माधवकुमार नेपाल समूहमा थिए। पार्टी विभाजनपछि भने एमालेमै रहेका थिए।

पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै कर्माचार्यले अध्यक्ष केपी ओली सच्चिन्छन् कि भन्ने आशाले एमालेमै बसेको तर त्यस्तो अवस्था नदेखिएपछि नेपाललाई नै नेता मानेर एकीकृत समाजवादीमा आएको बताए।

प्रकाशित मिति: १६:१३ बजे, बुधबार, माघ १९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्