Kathmandu Press

मोल्डोभाका प्रधानमन्त्री कोरोनाभाइरसबाट सङ्क्रमित

बुचारेस्ट, माघ १९ : युरोपेली मुलुक मोल्डोभाका प्रधानमन्त्री कोरोनाभाइरसबाट सङ्क्रमित भएकी छन्।प्रधानमन्त्री नातालिया गार्भिलिताले नै आफू कोरोना भाइरसबाट सङ्क्रमित भएको मंगलबार पुष्टि भएको जानकारी...
मोल्डोभाका प्रधानमन्त्री कोरोनाभाइरसबाट सङ्क्रमित

बुचारेस्ट, माघ १९ : युरोपेली मुलुक मोल्डोभाका प्रधानमन्त्री कोरोनाभाइरसबाट सङ्क्रमित भएकी छन्।

प्रधानमन्त्री नातालिया गार्भिलिताले नै आफू कोरोना भाइरसबाट सङ्क्रमित भएको मंगलबार पुष्टि भएको जानकारी दिएकी हुन्।  

Hardik ivf

सामाजिक सञ्जालमा उनले लेखेकीी छन्, ‘मेरो पिसिआर परीक्षण गर्दा आज सङ्क्रमण भएको रिपोर्ट आएको छ।’ उनले आफूलाई स्वास्थ्य समस्या नभएको स्पष्ट पार्दै केही समय घरबाटै वा अनलाइनबाटै काम गर्ने जानकारी दिइन्।

मोल्डोभामा पछिल्लो २४ घण्टामा चार हजार ३४८ जना कोरोना भाइरसबाट सङ्क्रमित भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। कुल १३ हजार ९८८ जनाको परीक्षण गर्दा उनीहरुमा सङ्क्रमण देखिएको हो। 

कुल ३५ लाख जनसङ्ख्या भएको मुलुकमा अहिलेसम्म चार लाख ४५ हजार ४६ जना कोरोनाबाट सङ्क्रमित भएका छन्।

प्रकाशित मिति: १५:५५ बजे, बुधबार, माघ १९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्