अस्ट्रेलियामा कोभिड–१९ का कारण मृत्यु हुनेको संख्या बढ्दै
सिड्नी, माघ १९ : अस्ट्रेलियाले बुधबार ४० हजार नयाँ कोरोना सङ्क्रमित थपिएका छन्।बुधबार राष्ट्रिय रूपमा कोरोना सङ्क्रमणको कारण ७० जनाको मृत्यु भएको जनाइएको...
सिड्नी, माघ १९ : अस्ट्रेलियाले बुधबार ४० हजार नयाँ कोरोना सङ्क्रमित थपिएका छन्।
बुधबार राष्ट्रिय रूपमा कोरोना सङ्क्रमणको कारण ७० जनाको मृत्यु भएको जनाइएको छ। राज्य र क्षेत्रहरूको आधिकारिक तथ्याङ्कअनुसार न्यु साउथ वेल्समा २७, भिक्टोरियामा २५, क्वीन्सल्याण्डमा १६ र उत्तरी क्षेत्र र दक्षिण अष्ट्रेलियामा एकएकजनाको मृत्यु भएको थियो।
तीन सय ७५ जना सघन उपचार कक्षमा र ४ हजार ९५४ जनाको देशभरका अस्पतालमा केन्द्रमा उपचार भइरहेको स्वास्थ्य विभागले मंगलबार राति सार्वजनिक गरेको तथ्यांकमा जनाइएको छ।
प्रकाशित मिति: १५:५२ बजे, बुधबार, माघ १९, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












