Kathmandu Press

तान्जानियाको सभामुखका महिला नेत्री निर्वाचित

दार एस सलाम, माघ १९ : तान्जानियाको सभामुखका ४५ वर्षीया नेत्री निर्वाचित भएकी छन्।तत्कालीन उपसभामुख तुलिया अक्सन सभामुखमा निर्वाचित भएका हुन्। उनी देशको...
तान्जानियाको सभामुखका महिला नेत्री निर्वाचित

दार एस सलाम, माघ १९ : तान्जानियाको सभामुखका ४५ वर्षीया नेत्री निर्वाचित भएकी छन्।

तत्कालीन उपसभामुख तुलिया अक्सन सभामुखमा निर्वाचित भएका हुन्। उनी देशको मबेया निर्वाचन क्षेत्रबाट निर्वाचित सांसद हुन्। 

तत्कालीन सभामुखले सरकारद्वारा प्रस्तुत एक विधेयकमा गलत भूमिका खेलेको भन्दै आलोचना भएपछि उनले राजीनामा दिएका थिए। उनको ठाउँमा अक्सन निर्वाचित भएकी हुन्। 

नवनिर्वाचित सभामुख अक्सन सत्तारुढ दल चामा चा मापिन्डुजी (सिसिएम) पार्टीकी नेत्री हुन्। उनी तान्जानियाको आठौं सभामुख भएकी छन्। महिला नेतृबाट सभामुख निर्वाचित भएको भने यो दोस्रोपटक हो।  

पूर्वी अफ्रिकी मुलुक तान्जानियाको सभामुखमा निर्वाचित भएपछि अक्सनले संसदलाई चलायमान र सवैको साझा थलोका रुपमा स्थापित गराउने प्रतिबद्धता जनाइन्।

प्रकाशित मिति: १५:४८ बजे, बुधबार, माघ १९, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्