Kathmandu Press

दक्षिण कोरियामा दैनिक सङ्क्रमितको सङ्ख्या अहिलेसम्मकै धेरै

सोल, माघ १९ : दक्षिण कोरियामा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्या अहिलेसम्मकै सवैभन्दा धेरै भएको छ।सरकारी अधिकारीहरुले बुधबार दिएको जानकारीनुसार पछिल्लो एक दिनमा दक्षिण कोरियामा...
दक्षिण कोरियामा दैनिक सङ्क्रमितको सङ्ख्या अहिलेसम्मकै धेरै

सोल, माघ १९ : दक्षिण कोरियामा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्या अहिलेसम्मकै सवैभन्दा धेरै भएको छ।

सरकारी अधिकारीहरुले बुधबार दिएको जानकारीनुसार पछिल्लो एक दिनमा दक्षिण कोरियामा २० हजार २७० जना नयाँ सङ्क्रमित भएका हुन्। 

Hardik ivf

कोरोनाभाइरसको नयाँ भेरियन्टको रुपमा देखिएको ओमिक्रोनको सङ्क्रमण तीव्र रुपमा फैलिएकाले दैनिक सङ्क्रमितको सङ्ख्या अहिलेसम्मकै धेरै भएको जनाइएको छ।

यसअघि एक दिनमा १८ हजार ३४२ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएको विवरण सार्वजनिक गरिएको थियो। दैनिक सङ्क्रमितको सङ्ख्या २० हजार नाघेको बुधबार पहिलो पटक हो। 

दक्षिण कोरियामा कोरोनाभाइरसबाट अहिलेसम्म सङ्क्रमितहरुको कुल सङ्ख्या आठ लाख ८४ हजार ३१० पुगेको छ। नयाँ सङ्क्रमित मध्ये चार हजार १८६ जना राजधानी सोलमै भेटिएका हुन । भाइरसको फैलावट ग्रामिण क्षेत्रमा पनि धेरै भएको अधिकारीहरुले जनाएका छन्।   

अहिले सङ्क्रमित अवस्थामै रहेकाहरु मध्ये २७८ जनाको अवस्था गम्भीर रहेको र उनीहरुको उपचार भइरहेको जनाइएको छ। कोरियामा पछिल्लो एक दिनमा कोरोनाका कारण १५ जनाको मृत्यु भएको छ। योसँगै अहिलेसम्म कुल मृतकको सङ्ख्या छ हजार ७८७ पुगेको छ। 

प्रकाशित मिति: १५:४४ बजे, बुधबार, माघ १९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्