एनसेलले ल्यायो ‘ननस्टप टाइम प्याक’ अफर

काठमाडौं, माघ १८ : एनसलले आफ्ना ग्राहकहरूका लागि ‘ननस्टप टाइम प्याक’ अफर ल्याएको छ।
उक्त अफरमा एनसेल प्रयोगकर्ताहरूले १५ मिनेट र २ घण्टाका लागि डेटा सेवा लिन सक्नेछन् । कम्पनीले पहिले नै वान आवर डेटा प्याक अर्थात एक घन्टा समयावधी भएको डेटा प्याक उपलब्ध गराउँदै आएको छ भने ग्राहकहरुको आवश्यकता अनुरुप सेवा उपलब्ध गराउन थप दुई नयाँ डेटा प्याक ल्याएको कम्पनीले जनाएको छ ।
आफ्ना अनलाइन गतिविधिहरूका निमित्त निश्चित समयका लागि इन्टरनेटमा सुरक्षित पहुँच चाहिने ग्राहकहरूलाई यी प्याकहरु उपयुक्त हुने कम्पनीको दावी छ ।
यस योजना अन्तर्गत ग्राहकले कर सहित १० रुपैयाँमा १५ मिनेट र ३० रुपैयाँमा दुई घण्टाको डेटा प्याक पाउनेछन् । साथै यी प्याकहरु सुचारु रहेको अवधिमा ग्राहकले एक एमबीपीएसको गतिमा मोबाइल इन्टरनेट सेवा पाउँने व्यवस्था रहेको छ ।
ग्राहकले एष्ट्रिक्स् १७१२३ ह्यास डायल गरेर वा एनसेल एप, वेबसाइट वा नजिकैको एनसेल आउटलेटबाट यी डेटा प्याकहरू लिन सक्छन् ।











