Kathmandu Press

कसैले चाहँदैमा सत्तारुढ गठबन्धन टुट्दैन, चुनावसम्मै जान्छ : नेपाल

काठमाडौं, माघ १९ : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले जेठमा हुने स्थानीय तह निर्वाचनमा सत्तारुढ गठबन्धनका दलहरु मिलेर जाने विषयमा छलफल भइरहेको...
कसैले चाहँदैमा सत्तारुढ गठबन्धन टुट्दैन, चुनावसम्मै जान्छ : नेपाल

काठमाडौं, माघ १९ : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले जेठमा हुने स्थानीय तह निर्वाचनमा सत्तारुढ गठबन्धनका दलहरु मिलेर जाने विषयमा छलफल भइरहेको बताएका छन्।

आज (बुधबार) एकीकृत समाजवादीनिकट विद्यार्थी संगठन अनेरास्ववियुले काठमाडौंमा आयोजना गरेको रक्तदान कार्यक्रममा अध्यक्ष नेपालले कसैले चाहना राख्दैमा सत्तारुढ गठबन्धन नटुट्ने पनि बताए।

उनले एमालेलाई लक्षित गर्दै ‘कसैले गठबन्धन तोड्नुस् साथ दिन्छौं’ भनेको पनि हुन सक्ने बताए। ‘गठबन्धन तोड्न सबैखाले प्रयास भइरहेका होलान्त र उनीहरुको गलत मनसाय सफल हुनेछैन,’ नेता नेपालले भने।

विचार मिल्ने वामपन्थी र लोकतान्त्रिक गठबन्धनले दक्षिणपन्थीमा तरंग ल्याइिदएको दाबी उनले गरे। वर्तमान गठबन्धनले मुलुकको व्यवस्था गलत दिशातपर्फ जानबाट रोकेको पनि उनले बताए।

पर्यटनमन्त्री जनताको काममा खरो ढंगले उत्रिएको भन्दै उनले प्रेम आलेको प्रशंसा पनि गरे। 
 

प्रकाशित मिति: १४:४० बजे, बुधबार, माघ १९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्