Kathmandu Press

गत वर्ष नाइजेरियामा बन्दुकधारीद्वारा १,१९२ जनाको हत्या

लागोस, माघ १९ : नाइजेरियामा गत वर्ष बन्दुकधारीहरुले एक हजारभन्दा बढी नागरिकको हत्या गरेका छन्। प्राप्त समाचारअनुसार यहाँका बोको हराम आतंककारीहरुले सन् २०२१ मा...
गत वर्ष नाइजेरियामा बन्दुकधारीद्वारा १,१९२ जनाको हत्या

लागोस, माघ १९ : नाइजेरियामा गत वर्ष बन्दुकधारीहरुले एक हजारभन्दा बढी नागरिकको हत्या गरेका छन्। प्राप्त समाचारअनुसार यहाँका बोको हराम आतंककारीहरुले सन् २०२१ मा मात्र १ हजार १९२ जनाको हत्या गरेका हुन्।

साथै उनीहरुले गत वर्ष ३ हजार ३४८ जनालाई अपहरण गरेका थिए। यीमध्ये नाइजेरियाको उत्तर पश्चिमी क्षेत्र कादुनाका बढी नागरिक शिकार भएका हुन्।कादुना प्रान्तको प्रान्तीय सरकारले मंगलबार सो सम्बन्धी रिपोर्ट प्रकाशन गरेको हो।

साथै गतवर्ष मात्र यहाँका ८९१ जना घाइते भएका छन् । उनीहरुलाई पनि आतंककारीले गोली हानी घाइते बनाएका हुन्।

प्रकाशित मिति: १४:१७ बजे, बुधबार, माघ १९, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्