Kathmandu Press

महोत्तरीमा घाँटी थिचेर युवकको हत्या

जलेश्वर, भदौ २८ : महोत्तरीको एकडारा गाउँपालिका–२ स्थित धान खेतमा घाँटी थिचेर हत्या गरिएको अवस्थामा एक युवकको शव फेला परेको छ। 

....
महोत्तरीमा घाँटी थिचेर युवकको हत्या
सांकेतिक

जलेश्वर, भदौ २८ : महोत्तरीको एकडारा गाउँपालिका–२ स्थित धान खेतमा घाँटी थिचेर हत्या गरिएको अवस्थामा एक युवकको शव फेला परेको छ। 

राजकिशोर बैठाका छोरा अन्दाजी वर्ष १७-१८ विकेश बैठाको हत्या गरिएको अवस्थामा धान खेतमा शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिए।  
    
बैठाको घाँटी थिचेर हत्या गरी फालिएको अवस्थामा शनिबार बिहान ९ बजेतिर वनमा घाँस काट्न गएका महिलाले देखेपछि प्रहरीलाई खबर गरेको प्रहरी उपरीक्षक अधिकारीले बताए। बेला गाउँदेखि भङ्गहिया गाउँ जाने बाटोमा पर्ने फेकन महासेठको धान खेतको बीचमा शव फेला परेको हो।

बैठालाई अत्यधिक बलपूर्वक घाँटी थिचेका कारण दुवै आँखा बाहिर निस्केको अवस्थामा शव फेला परेको हो। गाउँमा दुई÷तीन दिनदेखि दाहा मेला लागेका अवस्थामा गएराति केही व्यक्तिले युवक बैठालाई फोन गरी मेला हेर्न बोलाएको थियो। तर अबेर रातिसम्म उनी फर्केर घर नआएपछि गाउभरि र आफन्तकामा उनको परिवारजनले खोजी गरे पनि कुनै पत्ता लागेको थिएन।  

शनिबार बिहान उनको हत्या गरिएको अवस्थामा शव फेला परेको उनका दाजु मुकेश बैठाले बताए। प्रहरीले हत्या गरिएका युवकको शवको पोष्टमार्टमपछि परिवारको जिम्मा लगाएको छ।
 

प्रकाशित मिति: १४:१७ बजे, शनिबार, भदौ २८, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्