Kathmandu Press

दक्षिण सुडानमा पाँचजना राष्ट्रसंघीय सहायताकर्मी मारिए

दक्षिण सुडानमा पाँचजना राष्ट्रसंघीय सहायताकर्मी मारिए

जुबा, माघ १९ : संयुक्त राष्ट्रसंघले गएको वर्ष मात्र दक्षिणी सुडानमा पाँच जना सहायताकर्मी मारिएको बताएको छ। संयुक्त राष्ट्रसंघले यो समेत गरी सन् २०१३ देखि दक्षिण सुडानमा १२९ जना सहायताकर्मी मारिएका जनाएको हो।

मंगलबार संयुक्त राष्ट्रसंघको मानवीय सहयतासम्बन्धी निकायले विज्ञप्ति प्रकाशन गरेर सो कुरा जानकारी गराएको हो।

उक्त संयुक्त राष्ट्रसंघीय निकायले गत वर्षमात्र आफ्ना पाँच जना कर्मचारीले ज्यान गुमाएका र अरु कैयौं अपहरण गरी पछि मुक्त गरिएको जनाएको छ  । दक्षिण सुडानमा सन् २०१३ बाट हिंसा सुरु भएयता धेरै नागरिकको ज्यान गएको छ।

साथै यहाँ संयुक्त राष्ट्रसंघको मानवीय सहायताका क्षेत्रमा कार्यरत सहायताकर्मीहरु पनि मारिने क्रम जारी रहेको छ।

प्रकाशित मिति: १३:४२ बजे, बुधबार, माघ १९, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्