बालुवाटारमा देउवा, प्रचण्ड र नेपालबीच भेटवार्ता, एमसिसीबारे छलफल
पछिल्लो समय प्रधानमन्त्री देउवा एमिससी पारित गर्ने तयारीमा जुटेका छन्। तर प्रचण्ड र नेपालले भने यथास्थितिमा एसिसी पारित गर्न नसकिने बताउँदै आएका छन्।
काठमाडौं, माघ १९ : प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज (बुधबार) अपराह्न सो भेटमा अमेरिकी सहयाोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसिसी) लगायत अन्य विभिन्न विषयमा छलफल भएको प्रधानमन्त्री देउवाका प्रेस सल्लाहकार गोविन्द परियारले बताए।
प्रधानमन्त्रीलाई भेट्न प्रचण्ड र नेपाल बालुवाटार पुगेका थिए। सो भेटमा गृहमन्त्री बालकृष्ण खाँण र सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की पनि सहभागी थिए। उनीहरूबीच करिब एक घन्टा कुराकानी भएको थियो।
पछिल्लो समय प्रधानमन्त्री देउवा एमिससी पारित गर्ने तयारीमा जुटेका छन्। तर प्रचण्ड र नेपालले भने यथास्थितिमा एसिसी पारित गर्न नसकिने बताउँदै आएका छन्। सोही विषयले सत्तारूढ गठबन्धनमा खटपटको स्थितिसमेत सिर्जना भएको छ।
यस्तो अवस्थामा यी तीन नेताबीचको भेटवार्तालाई निकै महत्वका साथ हेरिएको छ।











