फाइजर र बायोएनटेकले ५ वर्षमुनिका बालबालिकाका लागि खोप ल्याउने

काठमाडौं, माघ १९ : पाँच वर्षभन्दा कम उमेर समूहका बालबालिकाहरूका लागि पनि कोभिड–१९ विरुद्धको खोप आउने भएको छ।
फाइजर र बायोएनटेकले पाँच वर्षभन्दा कम उमेर समूहका लागि कोभिडविरुद्धको खोप ल्याउने तयारी गरेको हो।
फाइजर र बायोएनटेक कम्पनीले अमेरिकी स्वास्थ्य नियामक संस्थाहरूलाई पाँच वर्ष र सोभन्दा कम उमेरका बालबालिकाका लागि कोभिड–१९ खोपको आपतकालीन प्रयोग गर्न अनुमति माग्ने तयारी गरेको अमेरिकी सञ्चारमाध्यमले जनाएको छ।
उक्त सञ्चार माध्यमका अनुसार, अहिलेसम्म अमेरिकामा यो उमेर समूहलाई कोरोना विरुद्धको खोप सिफारिस गरिएको छैन।
भने यी दुई कम्पनीले पाँच वर्षभन्दा कम र ६ महिनाभन्दा कम उमेरका बालकालिकाहरूका लागि दुई थरी खोप लगाउने प्रबन्धका लागि आकस्मिक अनुमति माग्न सक्ने अनुमान गरिएको छ।
केही समय अघि अमेरिकी खाद्य तथा औषधि प्रशासनले १२ वर्ष उमेर समुहका लागि फाइजरको कोभिड–१९ बुस्टर मात्रालाई अनुमोदन गरेको थियो।











