एमाले केन्द्रीय कार्यसमितिको बैठक बस्दै
काठमाडौं, माघ १९ : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको केन्द्रीय कार्यसमितिको बैठक बुधबार बस्दै छ। बैठक दिउँसो एक बजे भक्तपुरको एक पार्टी प्यालेसमा बस्ने...
काठमाडौं, माघ १९ : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको केन्द्रीय कार्यसमितिको बैठक बुधबार बस्दै छ। बैठक दिउँसो एक बजे भक्तपुरको एक पार्टी प्यालेसमा बस्ने बताइएको छ।
एमाले केन्द्रीय कार्यालयका अनुसार पार्टीको नियमावली र जनसंगठन सन्चालन निर्देशिका निर्माण, विभाग गठन, प्रदेश जिल्ला र जनसंगठनका अधिवेशन लगायतका विषयमा छलफल गर्ने एजेण्डा तय भएको छ।
बैठकमा स्थानीय तहको निर्वाचन र पार्टीको रणनीतिबारे पनि छलफल हुने बताइएको छ।
प्रकाशित मिति: ११:५१ बजे, बुधबार, माघ १९, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











