बढ्यो सुनचाँदीको मूल्य
काठमाडौं, माघ १९ : सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले बढेर रु ९२ हजार २०० पुगेको छ । पहेँलो धातु अधिल्लो...
काठमाडौं, माघ १९ : सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले बढेर रु ९२ हजार २०० पुगेको छ । पहेँलो धातु अधिल्लो दिन प्रतितोला रु ९१ हजार ९०० मा कारोबार भएको थियो।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार ७०० कायम भएको छ । जसको मूल्य मङ्गलबार प्रतितोला ९१ हजार ४०० तोकिएको थियो।
त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु १५ ले बढेर रु एक हजार २५५ कायम भएको महासङ्घले जनाएको छ। महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने परिवर्तनका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ७९७ डलर आसपास कारोबार भइरहेको छ।
प्रकाशित मिति: ११:४१ बजे, बुधबार, माघ १९, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











