Kathmandu Press

चितवनमा धान उत्पादन घट्दै

चितवन, माङ १९ : जिल्लामा पछिल्ला वर्षहरूमा धान उत्पादन घट्दै गएको छ । धानखेती गर्ने क्षेत्रफलमा समेत कमी आएको तथ्याङ्कले देखाएको छ ।कृषि ज्ञान...
चितवनमा धान उत्पादन घट्दै

चितवन, माङ १९ : जिल्लामा पछिल्ला वर्षहरूमा धान उत्पादन घट्दै गएको छ । धानखेती गर्ने क्षेत्रफलमा समेत कमी आएको तथ्याङ्कले देखाएको छ ।

कृषि ज्ञान केन्द्र, भरतपुरका अनुसार चालु आर्थिक वर्षमा जिल्लामा २२ हजार ९२७ हेक्टर क्षेफलमा वर्षे धानखेती गरिएको थियो । यसबाट  ८९ हजार ४१५ मेट्रिक टन धान उत्पादन भएको कार्यालयका कृषि अर्थविज्ञ कमला न्यौपानेले जानकारी दिए । गत आवमा जिल्लामा २७ हजार ३०५ हेक्टर क्षेत्रफलमा धानखेती गरिएको थियो । त्यस वर्ष एक लाख तीन हजार ४१६ मेट्रिक टन धान उत्पादन भएको उनले जानकारी दिए। आव २०७६÷७७ मा जिल्लामा २७ हजार ३०५ हेक्टर क्षेत्रफलमा एक लाख १४ हजार ९०६ मेट्रिक टन धान उत्पादन भएको थियो ।

Hardik ivf

कार्यालयका अनुसार चैतेधान उत्पादनमा स्थिरता रहेको छ । आव २०७६/०७७ मा चार हजार ९१५ हेक्टर क्षेत्रफलमा चैते धानखेती गरिएकामा २० हजार ७५० मेट्रिक टन उत्पादन भएको थियो । आव २०७७/०७८ मा सोही क्षेत्रफलमा त्यतिनै उत्पादन भएको कार्यालयको तथ्याङ्कले देखाएको छ । तथ्याङ्कानुसार वर्षे धानमा क्षेत्रफल र उत्पादन घटे पनि उत्पादकत्वमा अघिल्लो वर्षको तुलनामा केही सुधार भएको छ । 

आव २०७६/०७७ मा प्रतिहेक्टर उत्पादकत्व चार दशमलब २१ मेट्रिक टन रहेकामा अघिल्लो आवमा तीन दशमलब ७९ मा झरेको थियो । चालु आवमा उत्पादकत्वमा केही वृद्धि भएको छ । यस वर्ष उत्पादकत्व तीन दशमलव नौ पुगेको न्यौपानेले बताए।

स्थानीय पालिकाहरुले दिएको तथ्याङ्कका आधारमा यस वर्ष वर्षे धानको क्षेत्रफल र उत्पादन घटेको उहाँको भनाइ छ । गत वर्ष धानमा रोग लागेका कारण उत्पादन घटेको हो । यस वर्ष धान पाक्ने समयमा वर्षा बढी हुँदा धानमा क्षति भएको न्यौपानेले बताउनुभयो । प्रमुख अन्न बालीका रूपमा रहेको मकैको उत्पादन विगत दुई वर्षमा स्थिर छ । पछिल्ला दुई आवमा मकैको उत्पादन स्थिर रहेको कार्यालयको तथ्याङ्कले देखाएको छ । 

कार्यालयको तथ्याङ्कानुसार आव २०७६÷७७ मा जिल्लाको २६ हजार १९ हेक्टर क्षेत्रफलमा मकैखेती गरिएको थियो । सो क्षेत्रफलमा ९८ हजार ६४४ मेट्रिक टन मकै उत्पादन भएको न्यौपानेले जानकारी दिए । गत आवमा २६ हजार १९ हेक्टर क्षेत्रफलमा ९८ हजार ६४४ मेट्रिक टन मकै उत्पादन भएको थियो । उत्पादकत्व प्रतिहेक्टर तीन दशमलव ७९ मेट्रिक टन रहेको छ। 

प्रकाशित मिति: १०:१८ बजे, बुधबार, माघ १९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्