Kathmandu Press

दुई सातामै फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

निगमले आज राति १२ बजेदेखि लागु हुनेगरी पेट्रोल, डिजेल र मट्टीतेलमा ३ रुपैयाँका दरले मूल्य बढाएको हो । 
दुई सातामै फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं, माघ १८ : नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले मूल्य बढाएको दुई सातामै फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । 

निगमले आज राति १२ बजेदेखि लागु हुनेगरी पेट्रोल, डिजेल र मट्टीतेलमा ३ रुपैयाँका दरले मूल्य बढाएको हो । 

अब पेट्रोलको मूल्य प्रतिलिटर १४२ रुपैयाँ तय पुगेको छ भने डिजेल र मट्टीतेलको मूल्य प्रति लिटर १२५ रुपैयाँ पुगेको छ ।

यस्तै आन्तरिक हवाई ईन्धनमा प्रति लिटर १० रुपैयाँले वृद्धि गरी प्रति लिटर ११६ पुगेको छ । 

निगमले एलपी ग्यासको मूल्य यथावत राखेको जनाएको छ । निगमले यसअघि माघ ५ मा पनि  पेट्रोल, डिजेल र मट्टीतेलमा ३ रुपैयाँका दरले मूल्य बढाएको थियो ।

प्रकाशित मिति: २०:४५ बजे, मंगलबार, माघ १८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्