Kathmandu Press

पाँच बर्षमुनिका बालबालिकालाई खोप लगाउन सकिने फाइजरको सङ्केत

वासिङ्टन, माघ १८ : फाइजर र बायोएनटेकले चाँडै अमेरिकी स्वास्थ्य नियामक संस्थाहरूलाई पाँच वर्ष र त्यसभन्दा कम उमेरका बालबालिकाका लागि कोभिड–१९ खोपको आपतकालीन...
पाँच बर्षमुनिका बालबालिकालाई खोप लगाउन सकिने फाइजरको सङ्केत

वासिङ्टन, माघ १८ : फाइजर र बायोएनटेकले चाँडै अमेरिकी स्वास्थ्य नियामक संस्थाहरूलाई पाँच वर्ष र त्यसभन्दा कम उमेरका बालबालिकाका लागि कोभिड–१९ खोपको आपतकालीन प्रयोग गर्न अनुमति माग्ने तयारी गरेका अमेरिकी सञ्चारमाध्यमले मङ्गलबार जनाएका छन्।

यो संयुक्त राज्य अमेरिकाको अन्तिम उमेर समूह हो जुन अहिलेसम्म कोरोनभाइरस खोपका लागि योग्य मानिएको छैन।

Hardik ivf

द न्यु योर्क टाइम्स तथा अन्य सञ्चारमाध्यमहरूले मंगलबारको सुरुतिर पाँच वर्षमुनिका र छ महिनामुनिका बालकालिकाका लागि दुई थरी खोप लगाउने प्रबन्धको लागि आकस्मिक अनुमति माग्न सक्ने जनाएका हुन्।

यो कदम संयुक्त राज्य अमेरिकामा ओमिक्रोन विविधताको लहर घट्दै गएकोले आएको हो। अमेरिकी अविभावकले अझै पनि स्कूल बन्द गर्ने सरकारी निर्णय र आफ्ना खोप नलगाएका छोराछोरीको स्वास्थ्य चिन्ता लिएर बस्न बाध्य छन्।

गत महिना खाद्य तथा औषधि प्रशासनले १२ वर्षका केटाकेटीका लागि फाइजरको कोभिड–१९ बूस्टर मात्रालाई अनुमोदन गरेको थियो।
 
तर रोग नियन्त्रण तथा रोकथाम केन्द्रका अनुसार यस उमेर समूहमा खोप लगाउने दर तुलनात्मक रूपमा २२ प्रतिशतभन्दा कम छ।

प्रकाशित मिति: २०:३६ बजे, मंगलबार, माघ १८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्