Kathmandu Press

एमसीसी सम्झौतासम्बन्धी कुनै पनि दस्तावेज ‘लुकाइएको’ छैन 

काठमाडौं, माघ १८ : मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल विकास समिति (एमसीए नेपाल) ले एमसीसी सम्झौतासम्बन्धी कुनै पनि गोप्य वा लुकाइएका दस्तावेज नभएको प्रष्टाएको...
एमसीसी सम्झौतासम्बन्धी कुनै पनि दस्तावेज ‘लुकाइएको’ छैन 

काठमाडौं, माघ १८ : मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल विकास समिति (एमसीए नेपाल) ले एमसीसी सम्झौतासम्बन्धी कुनै पनि गोप्य वा लुकाइएका दस्तावेज नभएको प्रष्टाएको छ ।

 एमसीए नेपालले मंगलबार विज्ञप्ति जारी गर्दै एमसीसी नेपाल कम्प्याक्टसम्बन्धी ‘गोप्य’ वा ‘लुकाइएका’ दस्तावेजहरू प्राप्त भएको अर्थ लाग्ने भनाइ हालै विभिन्न सञ्चारमाध्यममा देखिएकोप्रति मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल विकास समिति (एमसीए नेपाल) को गम्भीर ध्यानाकर्षण भएको भन्दै एमसीए नेपाल हदैसम्म पारदर्शिता अपनाउने संस्था भएको र यस संस्थाले सावर्जनिक महत्त्वका सम्पूर्ण दस्तावेजहरू आफ्ना वेबसाइट तथा अन्य माध्यमबाट सर्वसाधारणको जानकारीका लागि सार्वजनिक गर्दै आएको उल्लेख गरेको छ ।

विज्ञप्तिमा एमसीए नेपाल नेपाल सरकारको जिम्मेवार निकाय भएको र एमसीसी नेपाल कम्प्याक्ट नेपालको आर्थिक हितका लागि सरकारबाट कार्यान्वयन गर्न लगिएको सम्झौता भएकाले यससम्बन्धी कुनै पनि दस्तावेज गोप्य राखिनु वा लुकाउनु एमसीए नेपालको पारदर्शिताप्रतिको प्रतिबद्धता विपरीत हुने उल्लेख छ । 

प्रकाशित मिति: १९:५९ बजे, मंगलबार, माघ १८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्