Kathmandu Press

भारतमा एक घण्टा ३१ मिनेटको बजेट भाषण‚ आर्थिक चुनौतीहरू सामना गर्न सक्षम रहेको दावी

नयाँदिल्ली‚ माघ १८ : भारतमा अर्थमन्त्री निर्मला सितारमणले सन् २०१९ पछिकै सबैभन्दा छोटो बजेट भाषण गरेका छन।मंगलबार संघीय संसद्‌मा गरिएको बजेट भाषण एक...
भारतमा एक घण्टा ३१ मिनेटको बजेट भाषण‚ आर्थिक चुनौतीहरू सामना गर्न सक्षम रहेको दावी

नयाँदिल्ली‚ माघ १८ : भारतमा अर्थमन्त्री निर्मला सितारमणले सन् २०१९ पछिकै सबैभन्दा छोटो बजेट भाषण गरेका छन।

मंगलबार संघीय संसद्‌मा गरिएको बजेट भाषण एक घण्टा ३१ मिनेट मात्रको रहेको थियो। जबकी अघिल्लो वर्षको बजेट भाषण एक घण्टा ४८ मिनेटको रहेको थियो। त्यसैगरी सन् २०२० को बजेट भाषण भने दुई घण्टा ४० मिनेटको रहेको थियो।

अर्थमन्त्री सितारमणले लोकसभामा मंगलबार सन् २०२२—२३ को बजेट भाषण प्रस्तुत गर्दै विभिन्न योजना तथा कार्यक्रमहरू सार्वजनिक गरेका छन।

Hardik ivf

मंगलबार सार्वजनिक गरिएका योजना तथा कार्यक्रमहरूबाट भारतको अर्थतन्त्र बलियो हुने र आगामी २५ वर्षका लागि आधार तय हुने उनले दावी गरेका छन।

अर्थमन्त्री सितारमणले आगामी चुनौतीहरू सामना गर्न भारत सक्षम अवस्थामा रहेको पनि बजेट भाषणका क्रममा उल्लेख गरे।

भारतले सार्वजनिक लगानी बढाउदै आधुनिक भौतिक संरचनाहरू निर्माणका लागि कार्यक्रमहरू केन्द्रित गरेको उनको भनाई थियो।

आगामी वर्षका लागि बजेटको अर्को मुख्य प्राथमिकताको क्षेत्र “प्रधानमन्त्री गति शक्ति” कार्यक्रम रहेको पनि उनले जानकारी दिए।

गति शक्ति कार्यक्रम अन्तर्गत सडक‚ रेलमार्ग‚ विमानस्थल‚ बन्दरगाह‚ ढुवानी मार्ग‚ जलमार्ग लगायतको विकास‚ निर्माण र स्तरोन्नति गर्ने योजनाहरू समावेश गरिएको छ।

भारतको संघीय सरकारको मन्त्रिपरिषद्ले मंगलबार नै बजेट प्रस्ताव पारित गर्दै संघीय संसद्‍मा पेश गर्ने निर्णय गरेको थियो।  

बजेट प्रस्तुत गर्नुअघि अर्थमन्त्री सितारमणले राष्ट्रपति रामनाथ कोविन्दसँग भेटवार्ता गरेका थिए। प्रस्तुत बजेटका बारेमा सरोकारवाला तथा विज्ञहरूले मिश्रित प्रतिक्रिया दिएका छन्।

बजेट प्रस्तावमाथिको पहिलो चरणको छलफल आगामी फेब्रअरी ११ सम्म गर्ने र दोस्रो चरणको छलफल मार्च १४ देखि अप्रिल ८ सम्म गर्ने तालिका बनाइएको संसद् सचिवालयले जनाएको छ। 

प्रकाशित मिति: १८:५८ बजे, मंगलबार, माघ १८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्