Kathmandu Press

नेप्से परिसूचक दोहोरो अङ्कले बढ्यो

काठमाडाैं, माघ १७ : धितोपत्र बजारमा शेयर कारोबार मापन नेप्से परिसूचक आज दोहोरो अङ्कले बढेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक आज...
नेप्से परिसूचक दोहोरो अङ्कले बढ्यो

काठमाडाैं, माघ १८ : धितोपत्र बजारमा शेयर कारोबार मापन नेप्से परिसूचक आज दोहोरो अङ्कले बढेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक आज १९.२९ अङ्कले उकालो लागेर दुई हजार ८९१.३३ मा पुगेको छ।

यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.९८ अङ्कले बढेर ५४२.९० मा पुगेको छ। नेप्सेको उकालो यात्रासँगै कारोबार रकममा पनि सुधार आएको छ। कूल २२३ कम्पनीको एक करोड २१ लाख ६७ हजार ६०५ कित्ता शेयर रु ६ अर्ब ५७ करोड ४८ लाख ४२ हजार ४१८ मूल्यमा खरिद बिक्री भए।

कारोबार भएका कूल १३ उपसमूहमध्ये आज चारको शेयर मूल्यमा गिरावट आएको छ भने नौ उपसमूहको शेयर मूल्यमा वृद्धि भएको छ। व्यापार १६.३, होटल तथा पर्यटन २.६५, उत्पादन १३.०८ र जीवन बीमा १५.६१ ले घटेको छ। यस्तै, बैंकिङ ५.३, विकास बैंक ८१.३९, जलविद्युत् १०९.९४, वित्त ३७.११, निर्जीवन बीमा ९१.८६, अन्य १, लघुवित्त ४९.६६, सामूहिक लगानी कोष ०.२४ र लगानी ०.११ अङ्कले उकालो लागेको छ। मङ्गलबारको कारोबारपछि बजार पूँजीकरण रु ४० खर्ब ८६ अर्ब दुई लाख १० हजार बराबर पुगेको छ।

नेप्सेका अनुसार कारोबारका आधारमा नेशनल हाइड्रोपावर शीर्ष स्थानमा छ। सो कम्पनीको रु ३९ करोड एक लाख ४१ हजार ७०१ बराबरको कारोबार भयो। अरुण भ्याली हाइड्रोपावर रु ३७ करोड १४ लाख ४५ हजार ५६६, अपि पावर कम्पनी रु ३५ करोड सात लाख ९५ हजार ७७९, माथिल्लो तामाकोशी रु ३४ करोड २७ हजार २१९ र एचआइडीसीएल रु ३० करोड चार लाख ८४ हजार ३९५ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए।

यस्तै, विन नेपाल लघुवित्त र बुद्धभूमि नेपाल हाइड्रोपावरको शेयर मूल्य १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लाग्यो। नेशनल हाइड्रोपावर ७.५०, फरवार्ड माइक्रो फाइनान्स ७.२५ र युनाइटेड इदी मर्दी हाइड्रोपावरका लगानीकर्ताले ५.९५ प्रतिशतले कमाएको नेप्सेले जनाएको छ। यस्तै, नेरुडे लघुवित्त ३.१७, मेरो माइक्रो फाइनान्स २.२८, सिभिल लघुवित्त २.१२, अजोड इन्स्योरेन्स २.०४ र ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले २ प्रतिशतले गुमाए।

प्रकाशित मिति: १८:०८ बजे, मंगलबार, माघ १८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्