Kathmandu Press

काठमाडौं उपत्यकामा थपिए १ हजार ९०७ संक्रमित 

काठमाडौं, माघ १८ :  पछिल्लो एकसाताको तुलनामा उपत्यकामा कोरोना संक्रमणदर घटेको देखिएको छ। गत चौबिस घन्टामा काठमाडौं उपत्यकामा थप १ हजार ९०७ जनामा...
काठमाडौं उपत्यकामा थपिए १ हजार ९०७ संक्रमित 

काठमाडौं, माघ १८ :  पछिल्लो एकसाताको तुलनामा उपत्यकामा कोरोना संक्रमणदर घटेको देखिएको छ। गत चौबिस घन्टामा काठमाडौं उपत्यकामा थप १ हजार ९०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 

तीमध्य सबैभन्दा धेरै संक्रमित काठमाडौं जिल्लामा रहेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा मंगलबार १ हजार ४०४ जना संक्रमित थपिएका छन् । त्यस्तै भक्तपुर र ललितपुरमा क्रमशः  १९५ र ३०८ जनामा कोरोना पुष्टि भएको छ। 

मंगलबारसम्म काठमाडौंमा २९ हजार ५२० सक्रिय संक्रमित रहेका छन् । त्यस्तै भक्तपुर र ललितपुरमा क्रमशः ५ हजार २८८ र ९ हजार ८२३ सक्रिय संक्रमित रहेका छन्। 

आज देशभर  ५ हजार ५८३ जना संक्रमित थपिंदा ८ हजार २६७ जना डिस्चार्ज भएका छन् । मुलुकभर सक्रिय संक्रमितको संख्या ७४ हजार ६५३ रहेका छन्। 
 

प्रकाशित मिति: १७:१७ बजे, मंगलबार, माघ १८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्