Kathmandu Press

थप ५ हजार ५८३ जनामा कोरोना पुष्टि, ८ हजार २६७ जना संक्रमणमुक्त 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार पछिल्लो २४ घण्टामा ५ हजार ५८३ जनामा कोरोना संक्रमण पुष्टि हुँदा ८ हजार २६७ जना संक्रमणमुक्त भएका छन्। 
थप ५ हजार ५८३ जनामा कोरोना पुष्टि, ८ हजार २६७ जना संक्रमणमुक्त 

काठमाडौं, माघ १८ : नेपालमा लगातार दोस्रो दिन कोरोना संक्रमित भन्दा निको हुनेको संख्या बढी देखिएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार पछिल्लो २४ घण्टामा ५ हजार ५८३ जनामा कोरोना संक्रमण पुष्टि हुँदा ८ हजार २६७ जना संक्रमणमुक्त भएका छन्। 

१७ हजार ६७४ नमूनाको परीक्षण गर्दा पीसीआरबाट ३ हजार ६५७ र एन्टीजेन परीक्षणबाट १ हजार ९२६ जनामा संक्रमण पुष्टि भएको हो। सोही अवधिमा ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ। 

योसंगै नेपालमा कोरोना संक्रमितको कुल संख्या पीसीआरतर्फ ९ लाख ५७ हजार ५७० पुगेको छ भने एन्टीजेनतर्फ १ लाख ३० हजार ६८१ पुगेको छ। त्यस्तै निको हुनेकाृ संख्या ८ लाख ७१ हजार १६५ पुगेको छ। कोरोनाका कारण हालसम्म ११ हजार ७५२ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। 

मंगलबार देशभर ७४ हजार ६५३ सक्रिय संक्रमित रहेका छन्। तीमध्य ७३ हजार १७८ जना होम आइसोलेसन र १ हजार ४७५ जना संस्थागत आइसोलेसनमा रहेका छन्। ्संस्थागत आइसोलेसनमा रहेकामध्य २७९ जना आइसीयू र ५० जना भेन्टिलेटरमा रहेका छन्। 

मन्त्रालयका अनुसार आज देशभर ३ लाख ९९ हजार जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्। 
 
प्रकाशित मिति: १७:०३ बजे, मंगलबार, माघ १८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्