Kathmandu Press

प्रधानमन्त्री र निर्वाचन आयोगबीच समझदारी : स्थानीय तहको निर्वाचन जेठ ४ गते एकैचरणमा 

प्रधानमन्त्री देउवाले आयोगका पदाधिकारीहरुलाई  चाँडै नै निर्वाचन मिति घोषणा हुने बताएका छन् । उनले आयोगलाई सोही अनुसार अगाडि बढ्नका लागि आग्रह गरेका छन्। 
प्रधानमन्त्री र निर्वाचन आयोगबीच समझदारी : स्थानीय तहको निर्वाचन जेठ ४ गते एकैचरणमा 

काठमाडौं, माघ १८ : आसन्न स्थानीय तहको निर्वाचन जेठ ४ गते गर्ने सम्बन्धमा प्रधानमन्त्री शेरबहादुर देउवा र निर्वाचन आयोगबीच समझदारी भएको छ।

मंगलबार बालुवाटारमा आयोगका पदाधिकारी र प्रधानमन्त्रीबीच भएको छलफलपश्चात जेठ ४ गते एकै चरणमा स्थानीय तहको निर्वाचन गर्ने समझदारी भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले काठमाडौं प्रेसलाई जानकारी दिएका छन्। 

छलफलमा प्रधानमन्त्रीले जेठमा ४ गते एकै चरणमा निर्वाचन गर्ने प्रस्ताव गरेपछि पदाधिकारीहरुले सोही समयमा निर्वाचन गर्नसकिने परामर्श दिएका थिए।

प्रधानमन्त्री देउवाले आयोगका पदाधिकारीहरुलाई  चाँडै नै निर्वाचन मिति घोषणा हुने बताएका छन् । उनले आयोगलाई सोही अनुसार अगाडि बढ्नका लागि आग्रह गरेका छन्। 

यसअघि आयोगले संविधानअनुसार जेठमा नै स्थानीय तहको निर्वाचन गर्नुपर्ने औंल्याउँदै निर्वाचन मिति घोषणा गर्नका लागि पटकपटक सरकारको ध्यानाकर्षण गराउँदै आएको थियो। 

गत स्थानीय तहको निर्वाचन तीन चरणमा गरिएका कारण पछिल्लो चरणमा निर्वाचित भएका जनप्रतिनिधिहरुले पाँच वर्षे कार्यकाल पूरा नहुने हुँदा जेठमा नै सबै स्थानीय तहको निर्वाचन गर्दा कानूनी अड्चन पैदा हुने गठबन्धनका दलहरुको निष्कर्ष थियो । 

गठबन्धनका शीर्ष नेताहरुले स्थानीय तहको निर्वाचन एकैचरणमा गर्नका लागि कानून परिमार्जन गर्नुपर्ने बताउँदै आइरहेको समयमा प्रधानमन्त्री देउवाले जेठ ४ गते एकै चरणमा स्थानीय तहको निर्वाचन गर्ने समझदारी गरेका हुन्। 

प्रकाशित मिति: १६:५२ बजे, मंगलबार, माघ १८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्