Kathmandu Press

सङ्घीयतालाई थप सुदृढ बनाउन प्रदेश प्रमुखको आग्रह

मकवानपुर, माघ १८ : बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले बागमती प्रदेशसभाले सङ्घीयतालाई थप सुदृढ बनाउँदै आम नागरिकमा यसको औचित्य, सान्दर्भिकता र गरिमालाई बढाउनको लागि...
सङ्घीयतालाई थप सुदृढ बनाउन प्रदेश प्रमुखको आग्रह

मकवानपुर, माघ १८ : बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले बागमती प्रदेशसभाले सङ्घीयतालाई थप सुदृढ बनाउँदै आम नागरिकमा यसको औचित्य, सान्दर्भिकता र गरिमालाई बढाउनको लागि महत्वपूर्ण भूमिका निर्वाह गरेको बताएका छन्। 

बागमती प्रदेशसभाको चौथो वार्षिकउत्सवका अवसरमा आज सम्बोधन गर्दै उनले २०७४ साल माघ १८ गते प्रदेशसभाको पहिलो अधिवेशन बसेदेखि आजसम्म प्रदेशसभाबाट ६१ वटा विधेयक पारित हुनुका साथै महत्वपूर्ण निर्णय भएको बताए। 

उनले प्रदेशको सामान्य प्रशासन, सुशासन र शान्ति सुरक्षालाई व्यवस्थित एवं विश्वासनीय बनाउने जनशक्तिलाई दृढ तथा सशक्त गराउन आवश्यक आधार तयार गर्ने जिम्मेवारी पनि यही प्रदेशसभाको नै भएको बताए। यसबाट मात्र नेपाली जनताले चाहेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सबलीकरण, न्याय, समानता र मानव अधिकारको सुदृढिकरण हुने उनले विश्वास व्यक्त गरे।
 
प्रदेशसभाले आगामी दिनमा पनि आफ्नो कार्य प्रणालीलाई व्यवस्थित गरी प्रदेशका महत्वपूर्ण विषयमा विधि निर्माण गरी प्रदेशको समृद्धिमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने उनले विश्वास व्यक्त गरे । उनले प्रदेशस्तरका जनताको जनजीविकाको सवाललाई कसरी सम्बोधन गर्ने भन्ने विषयमा सरकारले नियमित छलफल गरी समुचित योजना तर्जुमा गर्नु अत्यावश्क रहेको बताए। 
 
उनले प्रदेश सरकारप्रति जनताको आकांक्षा र भरोसामा कुनै किसिमको कमी आउन दिन नहुने बताउनुहुँदै यस प्रकारका आकांक्षा र विश्वासलाई व्यवहारमा मूर्त रुप दिनको लागि प्रदेश सरकारका नीति, कार्यक्रम बजेट लगायतका विषयमा जनताको हित र न्यायका पक्षमा केन्द्रीत रहन प्रदेशसभा सधैँ सचेत र क्रियाशील हुन आवश्यक भएको उल्लेख गरे। 

त्यस्तै बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले प्रदेशसभा सञ्चालनको सन्दर्भमा सभामुख सानुकुमार श्रेष्ठले सबै राजनीतिक दलसँग समन्वयकारी भूमिका निर्वाह नगरेको आरोप लगाए। उनले वर्तमान सरकारको काम गर्ने अवधि निकै थोरै भए तापनि  जनताप्रतिको उत्तरदायित्व धेरै भएकोले सबै मिलेर जनहितका काममा लागि पर्नुपर्ने बताए। उनले कहीँकतै कमी कमजोरी भएका छन् भने आ–आफ्नो ठाउँबाट समीक्षा गर्दै सुधार्नु पर्ने र सबैको उद्देश्य समग्र प्रदेशको विकास नै हुनुपर्ने बताए।
 
 

प्रकाशित मिति: १६:३३ बजे, मंगलबार, माघ १८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्