Kathmandu Press

सुदूरपश्चिम प्रदेशमा नेकपाको एकताले पायो पूर्णता

धनगढी, भदाै २८ : नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले सुदूरपश्चिम प्रदेशमा पार्टी एकताको कार्यलाई पूर्णता दिएको छ। 

प्रदेशका ९ वटै जिल....

सुदूरपश्चिम प्रदेशमा नेकपाको एकताले पायो पूर्णता
फाइल

धनगढी, भदाै २८ : नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले सुदूरपश्चिम प्रदेशमा पार्टी एकताको कार्यलाई पूर्णता दिएको छ। 

प्रदेशका ९ वटै जिल्लाका ८८ स्थानीय तहमा पार्टी एकताको कार्यलाई प्रदेश कमिटीले टुङ्गो लगाएको पार्टीका सुदूरपश्चिम प्रदेश अध्यक्ष कर्णबहादुर थापाले बताए। 

Hardik ivf

पार्टी प्रदेश कमिटी बैठकले नगरपालिका, गाउँपालिका र वडाका पदाधिकारी चयन गरेको हो। अध्यक्ष थापाले भने,“असोज १५ गते शपथ हुन्छ, सबै जिल्ला र तहगत कमिटीलाई कार्यालय र सचिवालय गठनको सकुर्लर जारी भइसकेको छ।” जिल्ला, वडा, टोल, शाखा र सेल कमिटी कार्यालयमा रहने व्यक्तिको सङ्ख्या मापदण्ड बैठकले तय गरेको छ। 

कात्तिक पहिलोसाता स्थानीय तहका जनप्रतिनिधिलाई प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गरिने बैठकले निर्णय गरेको छ। साम्प्रदायिक विद्वेष फैलाउने र जनताको एकतालाई विखण्डन गर्ने किसिमका कुनै पनि कार्यमा पार्टीका कार्यकर्ता सङ्लग्न नहुन बैठकले निर्णय गरेको छ। पार्टीका नेता तथा कार्यकर्ताले सामाजिक सञ्जालमा एक अर्काप्रति सार्वजनिक रुपमा अमर्यादित, अस्वस्थ्य र तथ्यहित टीकाटिप्पणी गर्न निषेध गरिएको छ।  

विधिसम्मत कमिटीका निर्णय र सहमतिभन्दा छुट्टै कुनै समूहगत भेला तथा बैठक कसैले नगर्ने र त्यस्ता कार्य गरिएमा कारवाही हुनसक्ने अध्यक्ष थापाले बताए। उनले भने,“सबै तहका नेता, कार्यकर्ता र सदस्य एक भई सक्रियतासाथ पार्टीको कार्यमा अगाडि बढ्न आह्वान गरेका छौँ।” 

प्रकाशित मिति: १२:२४ बजे, शनिबार, भदौ २८, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्