सरकारले बढायो कच्चा दूधको मूल्य, प्रतिलिटर ५६.०४ रुपैयाँ निर्धारण
काठमाडौं, माघ १८ : सरकारले कच्चा दूधको मूल्य बढाएको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले दूधको मूल्य प्रतिलिटर साढे ६ रुपैयाँले वृद्धी गरी ५६.०४ रुपैयाँ निर्धारण...
काठमाडौं, माघ १८ : सरकारले कच्चा दूधको मूल्य बढाएको छ।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले दूधको मूल्य प्रतिलिटर साढे ६ रुपैयाँले वृद्धी गरी ५६.०४ रुपैयाँ निर्धारण गरेको हो।
सरकारको निर्णय सुनाउँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले कच्चा दूधको न्यूनतम मूल्य ५६ रुपैयाँ चार पैसा निर्धारण गरिएको जानकारी दिएका हुन्।
यसअघि दूधको मूल्य ४९ रुपैयाँ ५२ पैसा कायम थियो। दूधको मूल्य नबढाएका कारण दूध उत्पादन गर्ने किसान र व्यवसायीहरु आन्दोलित भएका थिए।
सरकारले २०७६ भदौमा दूधको मूल्य बढाएर प्रतिलिटर ४९ रुपैयाँ ५२ पैसा निर्धारण गरेको थियो।
प्रकाशित मिति: १६:१९ बजे, मंगलबार, माघ १८, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











