Kathmandu Press

विश्व बैंकसँग करिब १८ अर्ब सहुलितपूर्ण ऋण लिने सरकारकाे निर्णय

काठमाडौं, माघ १८ : नेपाल सरकारले विश्व बैँकसँग ‘फाइनान्स फर ग्रोथ डेभलपमेन्ट पोलिसी क्रेडिटु वापत् प्राप्त हुने १५० मिलियन अमेरिकी डलर (करिब रु १८...
विश्व बैंकसँग करिब १८ अर्ब सहुलितपूर्ण ऋण लिने सरकारकाे निर्णय

काठमाडौं, माघ १८ : नेपाल सरकारले विश्व बैँकसँग ‘फाइनान्स फर ग्रोथ डेभलपमेन्ट पोलिसी क्रेडिटु वापत् प्राप्त हुने १५० मिलियन अमेरिकी डलर (करिब रु १८ अर्ब) को सहुलियतपूर्ण ऋण लिनका लागि वार्ता टोली गठन गरेको छ ।

नेपाल सरकारको यही माघ १७ गतेको मन्त्रिपरिषद्को बैठकका मुख्य निर्णय सार्वजनिक गर्न आज  पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सो जानकारी दिएका हुन् । 

बैठकले हिमाल आरोहण दल (नेपाली सेना)का सदस्यलाई सलामी दस्तुर र धरौटी रकम छुट दिने, शिक्षक अस्पताल स्थापनाका लागि प्रक्रिया सुरु गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई सैद्धान्तिक स्वीकृति दिने, यही माघ १९ गते सोनाम ल्होसारका अवसरमा नेपालभरका कार्यालयमा बिदा दिनेलगायत निर्णय गरेको पनि मन्त्री कार्कीले जानकारी दिए। 

प्रकाशित मिति: १५:५८ बजे, मंगलबार, माघ १८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्